योगेन्द्र विश्वकर्मा, बुर्तिबाङ, २०७५ चैत १७ । ढोरपाटन नगरपालिकाले पोखरा महानगरपालिकाका जनप्रतिनिधीलाई एक कार्यक्रमका विच स्वागत एबम् सम्मान गरेको छ । बागलुङ जिल्ला हँुदै नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको भ्रमणको क्रममा बुर्तिबाङ आएको पोखरा महानगरपालिका वडा नं. ५ का जनप्रतिनिधिहरुको टोलीलाई शनिबार ढोरपाटन नगर कार्यपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा प्रबक्ता धन बहादुर नेपाली सहित ७ जना वडा सदस्यहरु गरी ८ जनाको टोलीलाई ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपाली तथा उपनगरप्रमुख करमती पुन मगरले मायाँ चिनो सहित खादा अविर लगाएर सम्मान गरेका थिए । उक्त सम्मान कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एबम् प्रबक्ता नेपालीले भुगोलको हिसाबले पछाडी परेको भएपनि प्राकृतिक सम्पदाले धनी बागलुङको रुपमा आफुले चिनेको बताए । अधिकारबाट बन्चित र राज्यको कुनै पनि पहुचमा पुग्न नसकेका पिछडिएका समुदायका लागि लोकतन्त्र आएको भन्दै सबै जनप्रतिनिधी जनता प्रति उत्तरदायी हुनुपर्ने बताए । वडा अध्यक्ष नेपालीले ढोरपाटन नगरपालिकाको सधै प्रगति देख्न चाहेको र आवश्यकता अनुसार पोखरा महानगरपालिका र ढोरपाटन नगरपालिकाको बिचमा सहकार्य गर्ने समेत सो अवसरमा बोलेका थिए ।
यस्तै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देबकुमार नेपालीले बागलुङ जिल्लाको अति दुर्गम ठाउँमा जनप्रतिनिधीहरु अनुगमन भ्रमणमा आएकोमा खुसी ब्यक्त गर्दै प्रदेश राजधानी पोखराका जनप्रतिनिधीहरुको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा महत्वपुर्ण भुमीका रहने बताए ।
त्यस्तै ढोरपाटन नगरपालिकाका वडा नं. १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले पनि मन्तब्य राखेका थिए ।
उक्त सम्मान कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर प्रमुखका स्वकिय सचिब केशर छन्त्याल, ढोरपाटन नगरपालिकाका कर्मचारी नायब सुब्बा चण्डीराज पौडेल लगाएतको उपास्थीती रहेको थियो ।