बागलुङ २०७५ चैत १७ । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बरेङ गाउपालिकामा रहेका दुई परीक्षा केन्द्रहरुको निरीक्षण अवलोकन गरेका छन् ।
आज परीक्षार्थीहरुले ऐच्छिक प्रथम विषयको परीक्षा दिईरहेको अवस्थामा बरेङ गाउपालिका २ स्थित सर्वोदय माबि परीक्षा केन्द्र र शारदा मावि किसिमकोट केन्द्रको निरीक्षण अवलोकन गर्दा परीक्षा शान्तिपूर्वक मर्यादित रुपमा सन्चालन भएको पाईएको प्रजिअ खरेलले ईबागलुङलाई बताए ।
परीक्षा केन्द्रहरुको निरीक्षणका क्रममा बरेङ गाउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा तथा जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तको समेत उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा सदस्य तथा रेडियो बिहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्याल,नेपाल शिक्षक महासंघ बागलुङका जिल्ला अध्यक्ष कृष्ण प्रसाद आचार्य लगाएतको पनि सहभागिता रहेको थियो ।
सर्वोदय मावि केन्द्रबाट १ सय ७० जना परीक्षार्थीहरुले परीक्षा दिएको केन्द्राध्यक्ष ठगराज शर्माले जानकारी दिए भने शारदा माविका केन्द्राध्यक्ष देवीदत्त पौडेलका अनुसार यस केन्द्रबाट ९२ परीक्षार्थीले आज परीक्षाा दिएका छन् ।
परीक्षा केन्द्रहरुको निरीक्षण पछी प्रजिअ खरेलले परीक्षा मर्यादितरुपमा सन्चालन गरेकोमा दुबै केन्द्राध्यक्ष सहित परीक्षामा संलन्ग टोलीलाई धन्यवाद दिएका थिए ।
शारदा मावि किसिमकोटका केन्द्राध्यक्ष पौडेलले प्राय: कोहि नआउने यो दुर्गग ठाउँमा सन्चालित परीक्षा केन्द्रको निरीक्षण गर्न स्वयं प्रजिअज्यू आएकोमा निकै खुसी लागेको अभिव्यक्ति व्यक्त गरेका थिए ।
एसईई परीक्षा निरीक्षण अवलोकनका लागि बरेङ पुगेका प्रजिअ खरेलले बरेङ गाउपालिका बरेङ डाँडा स्थित इलाका प्रहरी कार्यालयको पनि निरीक्षण गरेका छन् ।
प्रजिअ खरेल, ईलाका प्रहरी कार्यालय बरेङमा पुग्दा प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले लाली गुराँश फुलको गुच्छा दिँदै स्वागत गरेका थिए ।
आज नै प्रजिअ खरेलले प्रहरी चौकी बाटाकाचौरको पनि निरीक्षण गरेका थिए ।