Sorry, that menu does not exist.
 

नेकपा कुस्मा नगर कमिटीको अध्यक्षमा शंकर गिरी सर्वसम्मत !

निर्मल पौडेल पर्वत २०७५ चैत १८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुस्मा नगरलालिकाको अध्यक्षमा युवा नेता शंकर गिरी सर्वसम्वत रुपमा चयन भएका छन् । आईतवार कुस्मामा सम्पन्न भेलाले गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटी गठन गरेको हो । युवाहरुका ढुकढुकी नयाँ भिजन र समाज परिवर्तनका योद्धा तत्कालीन माओवादी केन्द्रवाट कुनपा मेयरका प्रत्यासी गिरीलाई भेलाले सर्वसम्मत रुपमा चयन गरेको हो ।

अध्यक्षमा सर्वसम्मत भएपछि भेलालाई सम्वोधन गर्दै गिरीले आँफूलाई सर्वसम्मत रुपमा अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरेकोमा सवैलाई हार्दिक धन्यवाद दिए । गिरीले पार्टीको निर्देशन अनुसार आफ्नो जिम्मेवारी पुरा गर्दै जनताको उन्नतिको हितमा र विकासको मार्गमा अहोरात्र खटिने वताए । त्यस्तै गिरीले यो समय विकासप्रेमी कम्युनिष्टहरुको भएको भन्दै नगर कमिटीलाई सशक्त वनाउँदै गैर कम्यिुनिष्टहरुलाई पनि कम्युनिष्ट पार्टिमा गोलवद्ध गर्न प्रयत्न गर्ने जिकिर गरे । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कमिटिमा साविकका दुवै पार्टीबाट सहमतिको आधारमा सदस्यहरु चयन गरिएको बताईएको छ ।

यसैगरि फलेवास र महाशिलामा पनि एकता टुंगिएको छ । शनिवार महाशीलामा सम्पन्न भेलाले विष्णुराम विकको अध्यक्षतामा ७१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको सचिबमा दुर्गा तमु रहेका छन् । जिल्लाका सात स्थानीय तह मध्ये यस अघि फलेवासमा कमिटि टुंगिईसकेको छ भने पैंयु, मोदी, विहादी र जलजलामा पनि छलफल चलिरहेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, प्रदेश तथा जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो । प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply