Sorry, that menu does not exist.
 

जलेर मिशन अस्पताल पाल्पामा उपचाररत ८ वर्षिय छोरालाई बचाउन गरीव आमाबाबुले मागे गुहार !

कमल पौडेल, बडीगाड (बागलुङ) २०७५ चैत १९ । शरीरको तल्लोभाग जलेका ८ वर्षिय किरण दर्लामीको उपचारमा आर्थिक अभाव भएको भन्दै परिवारले सवैलाई सहयोग गरिदिन याचना गरेको छ । बडीगाड गाउँपालिका वडा नं. ४ नैतुल घर भई हाल बडीगाड गाउँपालिका वडा नं. २ खर्वाङमा ज्याला मजदुरी गर्दै वसोवास गर्ने मानसिंह दर्लामीले आफ्नो छोरा वचाइदिन आग्रह गरेका हुन् ।

पाल्पाको मिसन अस्पतालमा छोराको उपचार सुधारोन्मुख रहेकोे बताउदै अस्पतालमा रहेकी आमा तुल कुमारी दर्लामीले “डाक्टरले सञ्चो हुन्छ त भनेका छन् तर पैसा छैन । अस्ती २० हजार धरौटी राख्ने पैसा नभएपछि गाउँलेले उठाएर दिएको पैसाले भर्ना गरेको हो, अव फेरी कती भन्ने हुन् पिरलो लागेको छ, गहभरी आँशु ल्याएर उनले भनिन् ।

यहिँ चैत्र १४ गते साथीहरु संग खेल्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो, आगो सल्किएपछि भाग्ने क्रममा शरीरको भाग जलेको स्थानियले बताएका छन् । शरीरको तल्लोभागको करिव १३ प्रतिशत भाग जलेको र त्यसको पूर्ण सुधार हुन झण्डै डेढ महिना वढि लाग्ने उपचारमा संलग्न चिकित्सकले वताएका छन् । अहिले मुत्रनलीलाई पाइपको माध्ययमबाट सुचारु गरिएको र थप अपरेशनको तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ । आर्थिक अवस्था निकै कमजोर भएकोले आफ्नो कक्षा २ मा पढ्ने विद्यार्थीलाई सहयोग गरिदिन सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक यादुलाल खरेलले सबैसंग आग्रह गरेका छन् ।

यसैवीच बडीगाड गाउँपालिकाले तत्काल केहि राहत रकम प्रदान गर्ने निर्णय गरेको वडा नं. ३ का अध्यक्ष खड्क पुनले जानकारी दिए । गाउपालिकाले कति रकम सहयोग रकम दिने निर्णय गरेको छ त्यो उनले बताएनन् । कक्षा २ मा पढ्ने ८ वर्षिय दर्लामी ४ दिदीहरु पछिका कान्छा छोरा हुन् । दर्लामीको उपचारको लागी पहिलो पटक चाहिने धरौटी सहित यातायात खर्च समेत खर्वाङ, हाँडीखोला क्षेत्रका स्थानियले संकलन गरि पठाएको थिए ।

यसैविच दर्लामीको उपचारको लागी सहयोगी हातहरुको लागी रेडियो सारथी माध्यम बन्ने भएको छ । रेडियोले सहयोग गर्न चाहने महानुभावलाई रेडियोको प्रशारक संस्था सारथी सुचना तथा संचार सहकारी संस्था लिमिटेडको ग्लोवल बैंक वामी टक्सारमा रहेको खाता नं. ७२०१०१००००३४३ मा रकम जम्मा गर्न आग्रह गरेको छ । यसरी जम्मा भएको रकम पीडितलाई हस्तान्तरण गर्ने र सहयोग गर्ने दाता तथा हस्तान्तरण भएको रकमको विवरण रेडियो तथा सामाजिक संजालवाट सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply