बागलुङ २०७३ चैत ११ । सातौ अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा आयोजित सत्यको उजागर तथा पुस्तक विमोचन कार्यक्रम आज बागलुङ सदरमुकाममा सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय सत्य अधिकारको दिवस पारी गरिएको कार्यक्रममा द्वन्द्व पीडितहरुको ईतिहास भरिएको पुस्तकको नागरिक समाज बागलुङका संयोजक अधिवक्ता काजि गाउले श्रेष्ठले विमोचन गरेका थिए ।
न्यायका लागी द्वन्द्व पीडित समाजका महासचिव बद्री बहादुर केसीको सभापतित्वमा संचालन भएको कार्यक्रममा एड्भोकेसी फोरमका संयोजक राम शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
उक्त कार्यक्रममा महिला अधिकारकर्मी गीता श्रीस, अन्जु जिसी, अमर कार्की, राजेन्द्र आचार्यले मन्तव्य दिएका थिए ।
पुस्तकको बारेमा अधिवक्ता भुमिश्वर गौतम र रेडक्रसका पुर्व सभापति विश्वनाथ रेग्मीले टिप्पणी गरेका थिए भने कार्यक्रम न्यायको लागी द्वन्द्व पीडित समाजकी कोषाध्यक्ष सावित्री खड्काले गरेकी थिईन ।
कार्यक्रममा बक्ताहरुले विगतको द्वन्द्वका पीडितहरुको कथा ब्यथा जस्ताको त्यस्तै संरक्षण गर्नु पर्ने, उनिहरुको सत्य जान्ने अधिकारलाई सम्मान गर्नु पर्ने मानव अधिकार उल्लंघन र ज्यादतीका घट्नाहरुलाई समान रुपले हेरी पीडितलाई न्याय दिनु पर्ने बारेमा बोलेका थिए ।