बागलुङ २०७५ चैत २० । जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समिती (दैवी प्रकोप उद्दार समिति)को बैठकले जिल्लाका सात बिद्यालयहरुलाई बिपद जोखिम नभएका विद्यालय भनेर सिफारिस गरेको छ ।
माध्यमिक विद्यालयहरुले नमुना विद्यालय छनौटका लागी प्रस्ताव पेश गर्ने सम्वन्धमा जिल्ला विपद व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय ईकाई बागलुुङमा दिएको सम्वन्धमा आज बसेको विपद व्यवस्थापन समितिको बैठकले निम्ना नुसार ७ माद्यमिक बिद्यालयहरुलाई जोखिम नभएका विद्यालयहरु भनि सिफारिस गरेको प्रजिअ खरेलले ईबागलुङलाई बताए ।
सिफारिस गरिएका विद्यालयहरुमा जनप्रेम माद्यमिक विद्यालय ताराखोला, भुस्खात, शान्ति माध्यमिक विद्यालय जैमिनी नपा,कुस्मीसेरा, दुर्गा भवानी मावि ताराखोला ५ बुङ्ती, सर्वोदय मावि विनामारे जैमिनी ५, मुलपानी मावि बानपा ७ मुलपानी, गणेश माध्यमिक बिद्यालय नारायणस्थान बानपा १४ तितौर माध्यमिक विद्यालय बानपा ७ तितौरे रहेका छन् ।
विपद व्यवस्थापन समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, अर्जुन वाण गणका प्रमुख सेनानी भुवनराज देवकोटा, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख कुस्मराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, नमुना विद्यालयका रुपमा प्रस्ताव पेस गर्न शिक्षा तथा मानव श्रोत विकास श्रोत केन्द्र काठमाडौँले चैत २० गते सम्म म्याद दिएको थियो । यसै सिलसिलामा बागलुङ जिल्लाका माथी उल्लेखित माध्यमिक बिद्यालयहरुले आवेदन प्रस्ताव पेस गरेका थिए । उल्लेखित ७ माध्यमिक विद्यालयहरु मध्य अन्य आवश्यक मापदण्ड पुगेका बिद्यालयलाई चैत २७ गते भित्र शिक्षा विकास तथा समन्वय ईकाई बागलुङले केन्द्रमा नाम पठाउने पर्ने ईकाई प्रमुख कुस्मराज उपाध्यायले जानकारी दिए ।
बागलुङ जिल्लामा अमर मावि बिहुँ, गल्कोट मावि हटिया र त्रिभुवन मावि खर्वाङ नमुना विद्यालय तोकिएका छन् ।