Sorry, that menu does not exist.
 

सहकार्य र सहमतिका नाममा केन्द्रीय मापदण्ड संग जुध्ने कुनैपनि कार्य हुन्न- लामिछाने

कोपिला कंडेल, बागलुङ २०७३ चैत १२ । बागलुङ नगरपालिकाका नवागत कार्यकारी अधिकृत सुवास कुमार लामिछानेले शुक्रवार आयोजित आफनो पहिलो पत्रकार भेटघाट कार्यक्रममा सहकार्य र सहमतिका नाममा केन्द्रीय मापदण्ड संग जुध्ने गरी कुनैपनि कार्य नहुने स्पष्ट पार्दै नगरपालिकाको छवीलाई उच्च बनाउनका लागि निरन्तर पहल र प्रयत्न गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यकारी अधिकृत लामिछानेले नगरपालिकाको हितको लागि सरोकारवाला संग समन्वय गरेर अघि बढ्ने बताए । उनले कानुनी क्षेत्राधिकार भित्र रहेर नगरबासीको हककितका लागि काम गर्ने विश्वास दिलाए ।

तोकिएको समयसीमा भित्र नगरपालिकाको निर्वाचन गराउनु आफ्नो पहिलो प्राथमिकता रहने चर्चा गर्दै कार्यकारी अधिकृत लामिछानेले निर्वाचनबाट आउने जनप्रतिनिधी संग मिलेर अगाडी बढ्ने बताउदै परिवर्तित पुनंसंरचनालाई भुगोल र जनसंख्याको आधारमा मिलाउदै स्पष्ट पारे । उनले कानुनी दायरा भित्र रहेर नगरको ब्यवस्थापन गर्ने धारणा ब्यक्त गरे ।

मापदण्ड भित्र रहेका घर तथा भवन एबं बाटोघाटो तथा सडक बत्तीका सम्बन्धमा जनप्रतिनिधीको सहकार्यमा स्थानिय साधन र श्रोत अनुसारको काम गर्ने उनको धारणा थियो ।

त्यसैगरी कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुबेदीले नगरपालिकाको वडा कार्यालयहरु साविककै स्थानमा रहेपनि बानपा ७ को वडा कार्यालय भने अझै टुङ्गो नलागेको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply