बडीगाड,(ग्वालिचौर) २०७५ चैत २४ । बडीगाड गाउँपालिकाको शिक्षा ऐन, २०७५ माथी सरोकारवालाहरुसँग छलफल र सुझाव सँकलन कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष मेहरसिँहपाईजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा अध्यक्ष गुणानिधी घिमिरे, नेका जिल्ला सदस्य गण्डकी थापा अधिकारी, गाउपालिका भित्रका सबै बिद्यालय प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक महासँघका प्रतिनिधि जीत वहादुर थापा लगायत करिव १०० जनाको उपस्थिति र सक्रिय सहभागिता रहेको थियो।
१० वटा परिच्छेद दफा ६४ रहेको ऐनको मस्यौदा छलफलको लागी प्रस्तुतीकरण र सहजीकरण प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुबेदीले गरेका थिए।
मस्यौदामाथी धारणा राख्नेहरुमा नेकपा अध्यक्ष घिमिरे, नेपाली काँगेस जिल्ला सदस्य थापा अधिकारी, जीत बहादुर थापा, भिमसेन वन, नर बहादुर पर्तेल सबैले ३ दिन भित्र लिखित रुपमा सुझाव उपलब्ध गराउने निर्णय भएको छ ।
कार्यक्रमको सँचालन शिक्षा अधिकृत कृष्णराज रेग्मीले गसेका थिए ।