Sorry, that menu does not exist.
 

बिहुँ राममन्दिर महायज्ञको दोश्रो दिन रु ७ लाख संकलन, बर्षाले महायज्ञ प्रभावित !

भरत सापकोटा, बिहुँ २०७५ चैत २४ , बिहुँकोट राममन्दिरमा आयोजित महायज्ञको दोस्रो दिन रु ७ लाख रुयैयाँ संकलन भएको छ । बर्षाको कारण महायज्ञ प्रभावित भएको आयोजकले बताएका छन् । बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिका वडा नं ६ पौवाडांडा बिहुँ स्थित परमेश्वर राममन्दिर पुन निर्माण गर्ने उदेश्यले हिजो देखि संचालित महायज्ञको दोस्रो दिन आज रु ७ लाख ५ हजार १सय ७९ रुपैयाँ संकल भएको मुल समितिका कोषाध्यक्ष थानेश्वर कडेलले जानकारी दिए ।

हिजो पहिलो दिन २७लाख २० हजार ७७७संकलन भएको र महाग्य मा आजसम्म कुल ३४लाख २५हजार ९सय ४५ संकलन भएको उनले बताए । ०७२ सालमा आएको बिनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुर्याएको यस मन्दिर बजेट अभावमा अलपत्र परेपछि महायज्ञको आयोजना गरिएको अध्यक्ष टिकाराम कडेंलले बताए । उनले भने सानोतिनो बजेटले निर्माण गर्न सकिन्छ कि भनेर विभिन्न संघ संस्थाहरुले दिईएको रकमले निर्माण गर्ने योजना त बनायौँ तर त्यो बिचमै अलपत्र पर्ने देखेपछि महायज्ञ आयोजना गरिएको जनाकारी दिए। कार्यक्रममा प्रखर युवा पण्डित भरत सुवेदीको प्रमुख बाच्कत्व मा चलिरहेको यस महायज्ञमा संचलान सचिव शिवलाल कडेंल रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply