Sorry, that menu does not exist.
 

बिहुँमा स्वर्गिय ठाकुर प्रसाद कंडेल स्मृति कोषव्दारा छात्रवृत्ति वितरण !

कोपिला कंडेल, बिहुँ, बागलुङ २०७५ चैत २५ । काठेखोला गाउंपालिका वडा नम्वर ६ गिठापाट स्थित स्वर्गिय ठाकुर प्रसाद कंडेल स्मृति अक्षयकोष बाट अमृत पानि आधारभुत बिद्यालय बिहुं ताराखसेमा अध्यनरत उत्कृष्ट नतिजा हासिल गर्ने बिद्यार्थीलाई पुरस्कृत गरिएको छ । साबिकको बिहुं १ गिठापाट निवासी पूर्व सांसद टंक प्रसाद शर्मा कंडेल धौलागिरी बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख गोबिन्द प्रसाद कंडेल लगायत उहांको परिवारले स्थापना गरेको २ लाख रुपयांको अक्षय कोषको ब्याजबाट बिद्यालयमा अध्यनरत उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई पुरस्कृत गरिएको बिद्यालयका प्रधानाध्यापक दिल प्रसाद कंडेलले जानकारी दिए । कंडेल परिवारले स्थापना गरेको सो पुरस्कार अमृत पानि आधारभुत बिद्यालयको संरक्षकत्वमा रहने गरी आईतबार सो अक्षय कोषको बिधान बिद्यालयका प्रधानाध्यापक दिल प्रसाद कंडेललाई हस्तान्तरण समेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै श्री १ हजार ८ स्वामी भाष्करानन्द सरस्वतीले शैक्षिक क्षेत्रको बिकासका लागि अक्षयकोषले महत्वपुर्ण योगदान दिएको बताए । समाजमा पछिल्लो समय संस्कारयुक्त शिक्षाको अभाव हुदै गएको भन्दै स्वामी भाष्करानन्द सरस्वतीले आफ्ना बालबालिकाहरुलाई धर्म संस्कृति र संस्कारयुक्त शिक्षा प्रदान गर्नुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा पूर्व सांसद गोबिन्द प्रसाद शर्मा कंडेलले स्वर्गिय ठाकुर प्रसादको परिवारले अक्षयकोष स्थापना गरेर पितृ ऋण चुक्ता गरेकोे बताए । शिक्षा क्षेत्रको बिकासका लागि यस्ताखाले कोष महत्वपुर्ण रहेको चर्चा गर्दै पुर्ब सांसद कंडेलले,कोषको संरक्षण र बिकासका लागि परिवार र बिद्यालयले ध्यानपुर्याउनुपर्नेमा जोड दिए । त्यस्तै पुर्ब सांसद एबं अक्षयको कोषका संस्थापक टंक प्रसाद कंडेल र गोबिन्द प्रसाद शर्मा कंडेलले आफ्ना दिबंगत पिताको स्मरण स्वरुप कोष स्थापना गरेको जानकारी दिनए । उनिहरुले कोषको बिकास र बिस्तारका लागि आफ्नो परिवार तयार रहेको भन्दै कोषको सहि ठाउंमा सदुपयोग हुने गरी बिद्यालयले संचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा समाजसेवी गंगा प्रसाद शर्मा कंडेल बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थानेश्वर कंडेल भिमसेन माबिका शिक्षक नारायण प्रसाद कंडेल नेपाल रेडक्रस सोसाईटी बिहुंकोट उपशाखाका कोषाध्यक्ष बृहस्पति कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा बिद्यालयमा अध्यरत बिद्यार्थिको नतिजा समेत सार्वजनिक गरिएको थियो । कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका सदस्य पार्वती कंडेलको अध्यक्षता, पुर्ब प्रधानाध्यापक लोकनाथ शर्मा कंडेलको स्वागत मन्तब्य र शिक्षक यम प्रसाद कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply