Sorry, that menu does not exist.
 

बडिगाड खोलाको निर्माणाधीन झेंदी पुल भत्कियो, ५ जना घाइते, घाइतेको हटियामा उपचार हुँदै !

कमल पौडेल, गुल्मी २०७६ बैशाख ०१ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र वडा नं. ३ को झेंदी भन्ने स्थानमा निर्माणाधिन बडिगाड खोलाको पक्कि पुल भाँचिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको इमरजेन्सी पोलिक्लिनिक हटियामा उपचार भैरहेको छ। घाइतेहरु मध्ये निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुल वहादुर रानालाई पोखरा रिफर गर्ने तयारी भएको अस्पताल श्रोतले जानकारी दिएको छ। सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिकाका रन वहादुर कुमाल, गणेश कुमाल र रुद्र वहादुर कार्कि घाइते भएको अस्पताल श्रोतलाई उदृत गर्दै हटियावाट दिपेश विसीले जानकारी दिनुभएको छ ।

शुक्रवारवाट ढलान सुरु गरि अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी विचवाट भाँचिएको हो । ५५ मिटर लामो सो पक्कि पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ । वडा अध्यक्ष काफ्लेले इन्जिनियरिङ त्रुटिकै कारण दुर्घटना भएको हुन सक्ने आशंका व्यक्त गर्नुभएको छ। जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले निर्माण कार्य गरिरहेको थियो ।

गत वर्ष सोहि स्थानमा रहेको झोलुंगे पुल भत्किएपछि सो पक्की पुलको निर्माण भैरहेको थियो । यहि जेठ महिनावाट तर्न मिल्ने गरी तिव्र गतिमा काम भैरहेको पुल भत्किएपछि स्थानियहरु अन्योलमा परेका छन्।

यसैवीच दुधिलाभाटि क्षेत्रमा परेको भिषण पानीका कारण दरमखोलामा बाढी आएको छ । बाढीले नरेठाँटी क्षेत्रमा खोलाको तिरमा भएका केहि छाप्रा, कुखुरा फार्म, हटियाका दरमखोलाको तटिय क्षेत्रमा रहेको छाप्रा वगाएको हटियावाट दिपेश विसिले जानकारी दिनुभएको छ ।

बाढीले दरम खोलामा निर्माणाधिन २ वटा पक्की पुलको निर्माण सामाग्रि वगाएको छ। दरमखोला हाइड्रोको पनि निर्माणाधिन क्षेत्रका सामाग्रि वगाएको सुचना प्राप्त भएको छ । दिउसो बडिगाड खोलामा भत्किएको पुल क्षेत्र झेंदिमा बाढी पुगेर ताल वनेको छ। दिउसो विचवाट भाँचिएको निर्माणाधिन पक्की पुल अहिले पुरै खोलामा खसेको मुसिकोट नगरपालिका वडा नं. ७ का अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।

विपद् व्यावस्थापन समिति समिति बागलुङका प्रमुख रहेका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल सहितको टोली घटना स्थल तर्फ आइरहेको छ ।

घोंडावाँधेवाट नेपाली सेनाको टोली घटना स्थल नरेठाँटी तथा हटियामा आइपुगेको छ। दरमखोलाको तटिय क्षेत्रममा प्रहरी परिचालन गरिएको छ। तटीय क्षेत्रमा सर्तकता अपनाउन प्रहरीले सवैमा अनुरोध गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply