Sorry, that menu does not exist.
 

प्रजिअ खरेल नेतृत्वको टोली घटनास्थल हटियातर्फ प्रस्थान
दरमखोलामा आएको बाढीले गलकोट क्षेत्र आतङ्कीत, नरेठाँटी र हटिया बढी प्रभावित !

घनश्याम गौतम, गलकोट २०७६ बैशाख ०१ । गलकोटमा आज भीषण बर्षा भएको छ । बर्षासंगैं आएको बाढीले गौधिखोला आसपासका क्षेत्र जोखीमामा परेका छन् । बर्षाका कारण गलकोट नगरपालिका बाड नम्बर ३ र ६ जोड्ने गौधिखोलाको मोटरेबल पुलको जाली, कच्चा सामाग्री, टेका लगाएतका सामाग्री बगाएको छ । गोधिखोलाको नजिक रहेको सार्बजनिक शौचालयमा बाढी पसेको छ । बाढीले गलकोट हटिया बजारमा समेत क्षती पुर्याउन सक्ने सम्भाबना बढेको स्थानीयको भनाई छ । त्यस्तै गलकोट नगरपालिका बाड नम्बर २ मा पुष्पलाल मध्यपहाडी लोकमार्गमा रहेको पक्की पुलको सतह सम्म बाढी आएको बताईएको छ ।

गलकोट नगरपालिका बाड नम्बर १ दुदिलाभाटि ईङलिस स्कुल,ईश्बर बुढाथोकी, बाड अध्यक्ष नेत्र बहादुर बुढाथोकी, होम बहादुर नेपालीको पक्की घरमा बाढी पसेको छ । त्यस्तै उपस्बास्थ्य चौकीमा समेत बाढि पसेको गुमानसिह बुढाथोकीले जनाकारी दिनुभयो । बुढाथोकीका अनुसार कर्ण बहादुर श्रीसले पालेको २ ओटा बगुंर बगाएको छ । गोठ भत्काएको छ । गलकोट नगरपालिका बाड नम्बर ३ हटियामा होटल मनु बाढीले प्रभाबीत भएको छ भने राम बहादुर खत्रीको घर सगै बाढी आएपछि सामान निकाल्ने काम भैरहेको छ ।

आज दिउसो २ बजेबाट गलकोटमा असिना सहितको बर्षा भएको छ । बर्षासंगै आएको बाढीले खोला आसपासका क्षेत्रहरु कटान गरको छ । गलकोटको केही बाडमा निरन्तर बर्षा भैरहेको छ भने केही बाडमा पानि अझै परेको छैन ।

गलकोट नगरपालिकाको दुदिलाभाटि,२ नरेठाटी, हटिया, हरिचौर मजुवा लगाएतका स्थानमा असिना सहित बर्षा हुदा गलकोट नगरपालिकाको अन्य क्षेत्रमा आशिंक बर्षा भएको थियो ।

त्यस्तै अहिले बर्षा रोकीएको छ। खोलाले गलकोट नगरपालिका बाड नम्बर ३ को पुल समेत बगाएको छ ।

यसैवीच वाढी सम्वन्धि अध्ययन अवलोकनका लागि जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी वरिष्ठ उपरीक्षक झविन्द्र भट्टराई अहिले घटनास्थलतर्फ जाने क्रममा घोंडावांधेबाट हटिया तर्फ गैरहेको जानकारी प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply