Sorry, that menu does not exist.
 

भुकम्पले भत्काएको मन्दिर निर्माणका लागि आयोजित महायज्ञमा १ करोड ७ लाख रुपैया संकलन

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ०१ । काठेखोला गाउंपालिका ६ बिहुं ईनारपानीमा पौवाडाडामा संचालित श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको समापन भएको छ । ब्रम्हालिन श्री १००८ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राममन्दिर पौवाडाडा ईनारपानीमा २०७२ सालको बिनासकारी भुकम्पले भत्काएको मन्दिरको पुर्ननिर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञबाट १ करोड ७ लाख रुपैया संकलन भएको महायज्ञ संचालन समितिका कोषाध्यक्ष थानेश्वर कंडेलले जानकारी दिनुभयो ।

२०७२ सालको बिनाशकारी भुकम्पले मन्दिरको कुटी वाचनालय लगायत मन्दिर धर्मशाला पुर्णरुपमा क्षतबिक्षत बनाएको मन्दिरको पुनंनिर्माण गरी बैदिक सनातन हिन्दु धर्मको संरक्षण लगायत समग्र जिल्लालाई धार्मिक पर्यटकिय गन्तब्यको रुपमा चिनाउनका लागि महायज्ञको आयोजना गरिएको समितिका अध्यक्ष टिकाराम कंडेलले बताउनुभयो ।

भुकम्पले मन्दिरको कुटी धर्मशाला वाचनालय पुर्ण रुपमा भत्काएको थियो । सो स्थानमा अव भुकम्प रहित मन्दिर निर्माण गरिने महायज्ञ मुल आयोजक समितिका सचिव शिवलाल कंडेलले बताउनु भयो । महायज्ञको प्रमुख वाचकको रुपमा परमानन्द बेदवेदाङ्ग विद्यालय विहुं रामकोटका पुर्व बिद्यार्थी प्रखर युवा पण्डित भरत सुबेदी र सहवाचकको रुपमा पण्डीत तुल्सीराम रिजाल रहनुभएको थियो ।

महायज्ञ समापनका अवसरमा बोल्दै गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कंडेलले धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि महायज्ञले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहांले मन्दिर पुनंनिर्माणका लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा प्रचार प्रसारमा सहयोग पुर्याएको भन्दै पत्रकार कोपिला कंडेल भरत साप्कोटा लगायत बिभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेहरुलाई प्रशंसापत्र सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेलको अध्यक्षता र सचिव शिवलाल कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply