Sorry, that menu does not exist.
 

राङखानीमा लोकसेवा आयोगको परीक्षा अभिमुखीकरण सम्बन्धी गोष्ठी सम्पन्न !

बागलुङ २०७६ बैशाख ४ । विद्यार्थीहरुलाई लोकसेवा आयोगको परिक्षामा पास गराउने उद्देश्यले पठन संस्कृतिमा अभिवृद्धि जगाउन र व्यक्तित्व विकास गर्नलाई जागरण वढाउनको लागि बागलुङ मगर समाज ललितपुर,काठमाडौको आयोजनामा जैमिनी नगरपालिका १० राङखानीनमा दुई दिने जागरणमूलक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सो परिचयात्मक कार्यक्रममा क्याम्पसमा अध्ययन गरि रहेका १ सय ९० जनाको सहभागिता रहेको थियो ।

विद्यार्थीहरु जैमिनी नगरपालिका १० राङखानी र बरेङ गाउँपालिका धुल्लुबाँस्कोटका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सकारात्मक सोच विकास गर्ने,पठन संस्कृतीको विकास गर्न उत्प्रेरणा गराउने, खरिदार, नायव सुब्बाको पाठयक्रमको जानकारी दुई दिने प्रशिक्षण कार्यक्रममा सम्पन्न भएको छ ।

सो कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण नेपाल सरकारका पूर्व उपसचिव तिल बहादुर थापा मगर, गण्डकी प्रदेश सभाका अधिकृत पारसिङ थापा मगर, तमानखोला गाउँपालिका बागलुङका लेखा अधिकृत याम बहादुर थापा मगर, बरेङ गाउँपालिकाका लेखापाल पदम बहादुर थापाले सहजीकरण गरेका थिए । सो कार्यक्रम समाजले विगतमा गल्कोट नगरपालिकाको रिघा र ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा सम्पन्न भएको समाजका पुर्व अध्यक्ष तिल बहादुर थापा मगरले बताए ।

सो कार्यक्रमको संचालन हेमा श्रीस मगर,अध्यक्षता भिम बहादुर श्रीस मगर, स्वागत मन्तव्य तिल बहादुर थापा मगर र प्रमुख अतिथि जैमिनी नगरपालिका १० राङखानीका वडा अध्यक्ष नर बहादुर थापाले गरेका थिए । कार्यक्रम राङखानी माध्यमिक विद्यालयको भवनमा सम्पन्न भएको थियो ।

लोक सेवा आयोग,शिक्षक सेवा आयोग,प्रहरी सेवा, सैनिक सेवा,संस्थानमा आवश्यक जनशक्ति भर्ना प्रक्रियाका बारेमा समेत सहजीकरण भएको थियो । विद्यार्थीहरुले पोखरा,काठमाडौमा उपलब्ध सेवा गाउँघरमा पाउँदा खुशी भएका थिए ।

रक्तदान कार्यक्रम,घातक रोग पिडितलाईहरुलाई आर्थिक सहायता,मुखपत्र प्रकाशन लगायत विविध कार्यक्रमहरु गर्दै आएको समाजले लोकसेवा आयोगको परिचयात्मक कार्यक्रममा सहभागी हुनलाई लागी सम्पुर्ण समुदायका युवा विद्यार्थीहरुलाई आब्हान समेत गरेको थियो ।
पठन संस्कृति विकास गर्न,सकारात्मक सोच विकास गराउन युवा समुदायलाई उत्प्रेरणा प्रदान गर्न जिल्ला भरका गाउँबस्तीमा गराउन आवश्यक रहेको समाजका अध्यक्ष भिम बहादुर श्रीसले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply