Sorry, that menu does not exist.
 

वामी टक्सार हुँदै गल्कोट काँडेबास जोड्ने मोटरबाटो मन्त्री बिष्टको प्रमुख प्राथमिकता !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख ४ । संघीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले गुल्मीको टक्सार, अर्लाङकोट हुदै गल्कोटको काँडेबास जोडने मोटरबाटो कालोपत्रे गर्ने योजना आफनो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।

गल्कोट नगरपालिकाको कार्यालयले आज बिहान आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री बिष्टले यस्तो बताएका हुन् ।

उनले उक्त मोटरबाटोले गुल्मी र बागलुङ जिल्लाका लाखौ उपभोक्ताहरु लाभान्बित हुने भन्दै यसलाई कालोपत्रेका लागि योजनामा समावेश गर्ने खुलासा गरे । मन्त्री बिष्टले गल्कोट क्षेत्रमा भएको बाढी, पहिरोको क्षतिको बिषयमा दुख ब्यक्त गर्दै तत्काल राहत तथा पुननिर्माणका लागी आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले केन्द्रको योजना स्थानियले समयमै पाउन नसक्ने भन्दै स्थानिय सरकार यसको लागि भरपर्दो माध्यम मानिएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद ईद्रलाल सापकोटा र चन्द्र बहादुर बुढा सागरको समेत सहभागीता रहेको थियो ।

सो अवसरमा बोल्दै मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरभित्रका ठुला योजनाहरु छिमेकी नगरपालिका तथा गाउपालिका बिच सहकार्य र सहलगानिमा सञ्चालन गर्न सके बिकास गर्न सजिलो हुने धारणा राखेका थिए भने गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नगरभित्रको परिचय सहितको अवधारणा पत्र प्रस्तुत गरेका थिए । गैरेले नगरपालिकामा भएको क्षतिको बिषयमा समेत मन्त्री बिष्टको ध्यानआकर्षण गराएका थिए ।

कार्यक्रम नगरप्रमुख गैरेको अध्यक्षता, नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारीको स्वागत मन्तब्य र प्रशासकीय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply