क्लबको भवन निर्माणको लागी ब्यक्तिगत रुपमा नगद १ लाख ५ हजार सहयोगको घोषणा !
घनश्याम गौतम, गल्कोट २०७६ बैशाख ४ । आलोक युबा क्लबको ८ औ बार्षिकोत्सबको अबसरमा प्रमुख अतिथीको रुपमा गल्कोट नगरपालिका पुगेका ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीले क्लबको भवन निर्माणको लागी ब्यक्तिगत रुपमा नगद १ लाख ५ हजार, पार्वती माध्यमिक बिद्यालय चरौदीमा अध्यापन गराउने १ जना शिक्षकको लागी १ बर्ष सम्म सेबा सुबिधा उपलब्ध गराउने घोषणा गरेका छन् । सो अबसरमा नेपालीले पञ्चेबाजा, सास्कृतिक समुहहरुलाई समेत आर्थिक सहयोग गरेका छन् ।
गत २०७६ साल बैशाख १ गते आएको असिना पानी सहितको बाढीले क्षतिग्रस्त गल्कोट नगरपालिकाका बडा नम्बर १, २ र ३ का बिभिन्न स्थलको अबलोकन पछि नगरप्रमुख नेपालीले बाढीबाट बिस्थापित परिबारलाई वडाको सिफारीसको आधारमा प्रति परिबार नगद रु १० हजार रुपैया ब्यक्तिगत रुपमा सहयोग गर्ने घोषणा समेत गरेका छन् । बास्तबिक बिस्थापितहरुको तथ्याङ्क संकलन गर्न स्थानिय भिम भण्डारी र बडा अध्यक्ष नेत्र बहादुर बुढाथोकीलाई जिम्मेबारी दिएको नेपालीले जनाकारी दिए ।
कार्यक्रममा बोल्दै स्थानिय तहमा बिकासको पुर्बाधार तयार तथा ब्यबस्था गर्न गाउँ नगरमा स्थानिय सरकार आएको बताए । उनले जनता र देशको समृद्धिको लागी जनप्रतिनिधीले आग्रह तथा पुर्बाग्रह नराखी जनमतको कदर गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालीले अस्थाई सरकारको कारण देशमा बिकासले तिब्रता लिन नसकेको र अब नेकपाको स्थाई सरकारले बिकासको कामलाई तिब्रता दिने उनको दाबी थियो ।
कार्यक्रममा नेकपाका जिल्ला सदस्य चन्द्रदत्त रेग्मीले शुभकामना मन्तब्य राखेका थिए ।
मेलाको अबसरमा जनचेतना युवा क्लब चन्द्रकोट गुल्मीका कलाकारले लाखेनाँच, नागनगिनी नाँच, गलकोट नगरपालिका वडा नम्बर ६ ठुलाथरको समुहले ठाडो भाका, गलकोट नगरपालिका ३ कोतमैदानले नौमती बाजा सहित सोरठी, सास्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रेशम निर्दोष, कल्पना रामपाल लगाएतका कलाकारले सुांगितीक प्रस्तुति रोखेका थिए । कार्यक्रममा क्लबले ज्येष्ट नागरिक फरक क्षमता भएका ब्यक्ती तथा समाजसेबीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम आलोक युबा क्लबका अध्यक्ष भक्त बहादुर नेपालीको अध्यक्षता, सदस्य अजय नेपालीको स्बागत र उपाध्यक्ष सञ्जय नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।