तारा प्रसाद शर्मा, बागलुङ २०७६ बैशाख ५ । बागलुङका विभिन्न सरकारी कार्यालयहरुले मासिक रुपमा प्रकाशित गर्ने सूचना बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला स्थित सबै बिषयगत कार्यालयहरुले चैत महिनामा गरेका गतिबिधी एबं प्रगति समेटिएका सुचना एक मुष्ट रुपमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेललाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी खरेलले जिल्लाबाट प्रवाह हुने सबै खाले सेवा सुबिधालाई प्रभावकारी बनाउनका लागि राष्ट्रसेवक कर्मचारी जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए । जिल्लाको बिकास सुशासन र सम्मृद्धिका लागि सबैको सहकार्य समन्वय आवश्यक रहेको चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले मानवअधिकार शान्ति सुरक्षा जनताको ज्युधनको सुरक्षाका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल पत्रकार महासघं बागलुङ शाखाका सल्लाहकार कोपिला कंडेलले पारदर्शिता र सुशासनका लागि नियमित पत्रकार साक्षातकार कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएकी थिईन ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी खरेलले गल्कोट नगरपालिकाबाट सरुवा भएर जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम र पत्रकार महासघं बागलुङ शाखालाई अबिर र खादा लगाएर सम्मान समेत प्रदान गरेका थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी खरेलको अध्यक्षता जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमको स्वागत मन्तब्य र प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय बागलुङले २०७५ सालको चैत्र महिनामा ४ सय ३ थान नयां नगरिकता र २ सय ६२ प्रतिलिपि नागरिकता वितरण गरेको जनाएको छ । त्यसैगरी ४ सय २ राहदानी सिफारिश ८८ वटा दु्रत सेवा सिफारिस अन्य सिफारिस२ सय १६ मुद्दा दर्ता ३ फैसला १ बिभिन्न उजुरी दर्ता कारबाही ३ सघंसंस्था दर्ता ४ संस्था नविकरण ६ अपराधिक घटना १७ वटा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत पन्तले जानकारी दिए । त्यसैगरी प्रशासनले चैत महिनामा ४ जनालाई ३५ हजार दैविप्रकोप राहत समेत वितरण गरेको जनाएको छ । प्रशासनले चैत महिनामा २० लाख ९० हजार ५ सय रुपया राजस्व संकलन गरेको छ ।