१६५ जना प्रहरी दरबन्दी रिक्त, दुव्र्यसनीको संख्या ६५, आत्महत्या र जक घटना बढी !
बागलुङ २०७६ बैशाख ५ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जिल्लामा शान्ति सुरक्षाको अबस्था मजबुत भएको दावी गरेका छन् ।
धौलागिरि संचार क्लब बागलुङको समसामयिक बिषयक २७ औ साक्षात्कार कार्यक्रममा बोल्दै प्रहरी प्रमुख शर्माले बागलुङ जिल्लाको शान्ति सुरक्षाको अवस्था अन्य जिल्लाको भन्दा मजवुद भएको दावी गरेका हुन् । बागलुङ जिल्लामा आत्महत्या र जबरजस्ती करणीका घटना भने बढी रहेको देखिएकाले यसलाई कम गर्ने वातावरण बनाउनुपर्ने प्रउ शर्माको भनाई थियो । उनले बागलुङ सदरमुकाममा लागू पदार्थ प्रयोग गर्नेको संख्या ६५ जना रहेको तथ्यांक समेत रहेको साक्षात्कार कार्यक्रममा जानकारी दिए ।
जिल्लामा जथाभावी रूपमा पिकपमा यात्रु बोक्ने गरेकोले त्यसलाई ट्राफिक नियम अनुसार कार्वाही नगरी निरूसाहित गर्न सार्वजनिक मुद्दा दर्ता गरेको प्रहरी उपरीक्षक शर्माले बताए । अहिले बहु बिवाहलाई कानुनी रूपमा अबैध मानेको उल्लेख गर्दै उनले बागलुङ जिल्लामा भने अझै पनि बहु बिवाहको घटना भने बढी रहेको बतााए ।
बागलुङ जिल्लामा ५ सय २७ जनाको दरबन्दी रहेकोमा हाल १ सय ५६ जना प्रहरी रिक्त रहेको कारणले गाउँ गाउँमा समस्या रहेको प्रहरी प्रहरी प्रमुख पोखरेलको भनाई छ । दरबन्दी खाली रहेको हुदा शान्ति सुरक्षामा समस्या भइरहेको जानकारी दिदै शर्माले अहिले प्रहरी चौकीमा १० जना प्रहरी दरबन्दी रहेको यसले काम गर्न गाह्रो भएको र अब २५ जनाको दरबन्दी बनाउनुपर्ने प्रहरी उपरीक्षक शर्माले बताए ।
धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत कोषाध्यक्ष कोपिला कडेलले संचालन सचिव प्रदीप पन्तले गरेका थिए ।
फाईल तस्वीर