कौरव खत्री, गुल्मी २०७६ बैशाख ५ । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिका भौतिक पूर्वाधार विकास गरि खेलकुदलाई अगाडी बढाएको बताएका छन् ।
विहिवार मुसिकोट नगरपालिकाको वडा नं. ७ वामीटक्सारमा नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीद्धारा आयोजित मुसिकोट नगर रनिङ्गकप वडा स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन गदै नगर प्रमुख सापकोटाले यस्तो बताएका हुन ।
साथै नगरप्रमुख सापकोटाले टोल र वडा हुदै नगरस्तरमा समेत खेलकुदको विकास गर्न पूर्वाधार निर्माणको काम भइरहेको हुदा यसले खेलकुदको विकासमा निकै फाइदा पुगेको बताउदै अवको खेलकुद हिजो जस्तो केही समय खेल्ने र छोड्ने नभइ खेल जीवन व्यवसायिक बनाउदै खेलाडी अगाडी बढ्नु पर्ने बताए ।
साथै उनले नगरको पहिलो खेल भएकाले केहि कमीकमजोरीहरुलाई भावी दिनमा सुधार गदै अगाडी बढाउनु पर्नेमा जोड दिदै नगरप्रमुख सापकोटाले ग्वादिकाचौरलाई नगर स्तरीय रङ्गशाला निर्माण गर्ने गरि केही काम अगाडी बढेको बताए ।
उद्घाटन कार्यक्रमामा मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, शिक्षा शाखा अधिकृत अम्मर के.सी,मुसिकोट नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का वडाअध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु एवं पत्रकार लगायतको सहभागिता रहेको थियो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित विहिवार देखि शुरु गरिएको भलिवल प्रतियोगितामा नगरभित्रका सबै वडाबाट गरि २३ समूहको सहभागिता रहेको छ ।
उक्क्त प्रतियोगितामा प्रथम हुने समूहले नगद रु. ५० हजार सहित कप मेडल र प्रमाण पत्र,द्धितीय हुने समूहले नगद रु.३०हजार सहित कप मेडल र प्रमाण पत्र र तृतीय हुने समूहले नगद २० हजार सहित कप मेडल र प्रमाण पत्र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै भलिवल खेलका विभिन्न विधाबाट उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समिति मुसिकोट नगरपालिका गुल्मीका अध्यक्ष नविन कक्षापतिको अध्यक्षता मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नगर खेलकुद विकास समितिका उपाध्यक्ष प्रकाश नेपालीको स्वागत मन्तव्य सँगै शुरु गरिएको कार्यक्रमको सञ्चालन भने नगर खेलकुद विकास समितिका सचिव बिमल छन्त्यालले गरेका थिए ।
भलिवल खेल मुसिकोट नगरपालिका वडा नं.७ वामीटक्सारमा सञ्चालन भइरहेको खेल ७ गते शनिवारसम्म सञ्चालन हुने छ ।