Sorry, that menu does not exist.
 

नेपाल पत्रकार महासंघ कतार शाखाले नेपाल सरकारलाई ज्ञापन पत्र बुझायो !

उद्धव मगर, दोहा कतार २०७६ बैशाख ६ । नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले दोहा स्थीत नेपाली नियोग प्रमुख प्रोफेसर रमेश प्रसाद कोईराला मार्फत नेपाल सरकालाई एक ज्ञापन पत्र बुझाएको छ ।

राज्यद्धारा विधुतीय ऐनको दफा ४७ र ४८ अन्तर्गत देशभरीबाट समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्न थालेपछी नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको महासंघले विधुतीय ऐनको दफा ४७ र ४८ को खारेजी पत्राउ परेका पत्रकारहरुको विना शर्त रिहाई जस्ता माग राखेर आन्दोलन चर्काए लगत्तै कतार शाखाले महासंघको आन्दोलन प्रति ऐक्यवद्धता जनाउदै कतारबाट सरकारको नाममा ज्ञापनपत्र बुझाएको हो ।

राज्यद्धारा पत्रकारलाई विधुतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ निस्वार्थ प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछी महासंघ धर्ना बस्ने विरोध पत्र बुझाउने लगाएत आन्दोलनको तालीका समेत तयगरी सार्वजनिक गरेको छ ।

गत बुधबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै सबै शाखाहरु पत्रकारहरु र सञ्चार माध्ययामहरुलाई आन्दोलनलाई सफल पार्न आव्हान गरेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाको तर्फबाट प्रतिनिधी मण्डलमा सचिव दिल कुमार श्रेष्ठ, सल्लाहाकार क्रान्ती सिंह र पुर्व उपाध्यक्ष् चिरञ्जीवी तिमिल्सिना सहभागी थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply