Sorry, that menu does not exist.
 

बैशाख १२ र १३ गते निसीखोलामा दुईदिने बृहत नि:शुल्क स्वास्थ्य शिविर आयोजना !

झम सिर्पाली, निसीखोला २०७६ बैशाख ६ । निसीखोला गाउँपालिकामा यहि बैशाख १२ र १३ गते दुईदिने बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

कर्मफ्लाईट्स फाउन्डेसन पोखरा कास्कीको मुख्य आयोजना तथा निसीखोला गाउँपालिकाको सह आयोजनामा हुने उक्त शिविरमा पोखराका बरिषठ चिकित्सकहरुद्वारा हाडजोर्नी तथा नसा रोग, महिला तथा प्रसुती रोग, नाक कान घाँटी, सामान्य चिकित्सा तथा बालरोग आदिको उपचार, दिसापिसाब, रगत जाँच, सामान्य घाउ खटिराको उपचार तथा चिरफार लगायत अन्य स्वास्थ्य सुविधा उपलब्ध हुनुका साथै आवश्यक औषधिसमेत निशुल्क उपलब्ध गराउने आयोजकले जनाएको छ ।

निसीखोलाका जनताहरुको स्वास्थ्य सम्बन्धि समस्यालाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त शिविरको पहिलो दिन बैशाख १२ गते विहान ८ बजे देखि अपरान्ह ४ बजेसम्म रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय निसीखोला २ जुग्जाखोलाबाट र दोश्रो दिन विहान ७ बजे देखि दिउँसो १ बजेसम्म अर्नाकोट गाउँघर क्लिनिक तथा खोप केन्द्र निसीखोला २ अर्नाकोट देउरालीबाट सेवा प्रदान गर्ने गरि गाउँपालिकासँग सहमति गरिएको कर्म फ्लाईट्स फाउन्डेसन पोखरा कास्कीका निर्देशक प्रेम बहादुर कुवँरले जानकारी दिए ।

शिविरमा देविस्थान स्वास्थ्य चौकी निसीखोलनिसिखोला १ देविस्थान र नेपाल इज ट्रस्ट, दि युके समेत सह आयोजकका रुपमा रहेका छन भने श्री रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय निसिखोला २ जुग्जाखोलाले प्राविधिक सहयोग गर्ने भएको छ ।

स्मरणीय छ कर्मफ्लाईट्स फाउन्डेसन पोखरा कास्कीले निसिखोलाका जनताको दैनिकीसंग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता क्षेत्रमा विभिन्न सहयोग प्रदान तथा समन्वयकारी भुमिकामा सक्रिय रहँदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply