Sorry, that menu does not exist.
 

सांसद छन्त्यालको टोलीव्दारा बेमौसमी वर्षाले पुराएको क्षतीको अवलोकन !
बैशाख १ र २ गते परेको भीषण वर्षा र बाढी पहिरोबाट गल्कोट उपत्यकामा रु. १५ करोड भन्दा बढीको क्षेती !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख ७ । गल्कोट नगरपालिका वडा नं १ को दुदिलाभाटीमा गत बैशाख १ र २ गतेको आएको बेमौसमी वर्षा पछीको बाढी, पहिरोको कारण रु १४ करोड ५० लाख बराबरको क्षति भएको छ । वडा कार्यालयले निकालेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मोटरबाटोमा क्षति गरेको वडा अध्यक्ष नेत्र बुढाथोकीले ईबागलुङलाई बताए ।

दुदिलाभाटीमा खानेपानी पाईप, टंकी गरि १ करोड, नरेठाटी दुदिलाभाटी पेरिवाङ मोटरबाटोमा ३ करोड, दुदिलाभाटीका शाखा मोटरबाटोमा २ करोड बराबरको क्षति भएको वडाध्यक्ष बुढाथोकीको भनाई छ ।

त्यस्तै सिचाई कुलो तथा नहरमा १ करोड, लघु जलबिद्युत योजनामा २० लाख, कृषि, आलु, गहुँ, जौ लगायतका खेति बालीमा २ करोड, फलफुल, किबि, सुन्तला, अलैँची, कागति लगायतमा १ करोड, माछापालन पोखरी भत्किएको, बगाएको, भुरा असिनाबाट मरेको गरि २० लाख, पशुपालन तथा बङ्गुर फर्ममा १० लाख खेतियोग्य जमिन ३ सय रोपनि बगाएको जलाधार संरक्षण तटबन्धन गरि २ करोड, परम्परागत तथा ब्यवसायीक तरकारि खेतिमा १ करोड, बिद्यालय तथा निजी आवासमा १ करोड गरि दुदिलाभाटीमा मात्रै १४ करोड ५० लाख बराबरको क्षति भएको वडा कार्यालयले जनाएको छ । बाढीका कारण वडा भित्रका करिब १७, १८ घरपरिवार बिस्तापित बनेपनि बर्षात कम भएसँगै २, ३ घरपरिवार बाहेक अन्य परिवारहरु सोहि घरमा बस्दै आईरहेका छन ।

यसैवीच सांसद ज्ञानकुमारी छन्त्याल, गल्कोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा मगर र नेपाली काग्रेस क्षेत्र नम्बर २ को टोलीले दुदिलाभाटी बेमौसमी वर्षा बाढी पहिरो बाट भएको क्षतिको बिषयमा स्थलगत अवलोकन गरेको छ ।

गल्कोट क्षेत्रमा आएको बाढी पहिरोका बिषयमा सरकारको ध्यानाआकर्षण गराउने संघिय सांसद ज्ञानकुमारी छन्यालले बताएकी छिन् । दुदिलाभाटीमा गत बैशाख १ गते आएको बाढीका कारण पुगेको क्षतिको बिषयमा अनुगमन गर्दै सांसद छन्त्यालले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले अब संसद बैठकले गलकोटको बाढीले पुराएको क्षेतीको बिषयमा आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरिन ।
सांसद छन्त्यालले गल्कोटमा भएको क्षतिले आफुलाई दुखित तुल्याएको बताउदै क्षतिका बिषयमा कोहि कसैले राजनीति नगर्न आग्रह समेत गरिन् । हामी प्रदेश र केन्द्र सरकारबाट आवश्यक सहयोग गर्छौ सांसद छन्यालले भनिन् पीडितलाई क्षतिका आधारमा स्थानिय तहले समन्वयकारी भुमिका गर्छ । प्रदेश र केन्द्र सरकारले स्थानिय तहसँग समन्वय गरेर मात्रै काम गर्ने छन्त्यालको भनाई छ ।

सो अवसरमा पुर्व सांसद नर बहादुर पुन निरजले स्थानिय सरकारले क्षतिका बिषयमा देखाएको चासो निकै प्रशंसनीय भएको उल्लेख गर्दै पीडामा स्थानिय सरकार छ भन्ने अनुभव दिलाउने काम गलकोट नगरपालिकाले गरेको बताए । उनले आगामि दिनमा नगरपालिकाले क्षतिलाई प्राथमिकीकरण गरि अगाडि बढन आग्रह समेत गरे ।

सो अवसरमा गलकोट नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारी हेमन्तले गलकोट नगरपालिकाले क्षतिका बिषयमा गरेका काम र आगामि दिनमा गर्ने कार्यका बिषयमा जानकारी गराएका थिए । त्यस्तै गलकोट सुचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष गुमानसिह बुढाथोकीले दुदिलाभाटीमा बाढी, पहिरोले पु¥याएको क्षतिका बिषयमा जानकारी गराएका थिए ।

सो अवसरमा नेपालि काग्रेस क्षेत्र नम्बर २ का सभापति दोर्ण कुबरले भनाई राखेका थिए । कार्यक्रम वडा सदस्य पदम कार्कीको अध्यक्षता र वडा सचिव यादव रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply