Sorry, that menu does not exist.
 

लहरेपिपललाई नमुना माध्यमिक बिद्यालय बनाउन नगरपालिकाको सहयोगमा बससेवा सन्चालन !

बागलुङ २०७५ बैशाख ७ । ‘हाम्रो नगर, हाम्रो गाउँ सबै बालबालिकालाई बिद्यालय पु¥याऔ’ भन्ने नाराकासाथ लहरेपिपल माध्यमिक बिद्यालयलाई नमुना बिद्यालय बनाउन बस सेवा शुभारम्भ गरिएको छ । बस सेवाको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले शुभारम्भ गर्दै सामुदायिक विद्यालयहरुले बाहिरी आवरणसँगै गुणस्तरमा समेत सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

बागलुङ नगरपालिकाले नगरको शिक्षाको गुणस्तर बृद्धिका लागि योजना बनाएर अगाडि बढीरहेको भन्दै नगरप्रमुख पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको बताए ।

लहरेपिपल माध्यामिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने स्थानीयको योजना र सक्रियताकै कारण नगरपालिकाले विद्यालयलाई बस किन्न आर्थिक सहयोग गरेको भन्दै नगरप्रमुृख पौडेलले विद्यालयहरुको भौतिक अवस्थाको सुधार तथा गुणस्तर सुधारमा ध्यान दिने विद्यालयलाई सक्दो सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा शिक्षा विकास समन्वय ईकाईका प्रमुख कुश्मराज उपाध्याय, बागलुङ नगरपालिकाका शिक्षा समिति संयोजक गणेशबहादुर थापा मगर, वडा नं. ६ का वडा अध्यक्ष खिमराज सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोग १९ लाख र अभिभावकको सहयोगमा स्कुल बस सेवा शुरू गरेको बिद्यालयले जनाएको छ । बस सेवा सञ्चालन गरेपछि बागलुङ नगरपालिका वडा नम्बर ६ का बालबालिकाहरू बिद्यालयसम्म आउन सहज हुनेछ । कार्यक्रममा चन्दादाता शिवप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply