कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ८ । गत बैशाख ६ गते मध्यपहाडी लोकमार्ग बडीगाड गाउपालिकाको वडा २ क्षेत्रेमा जीप दुर्घटना भएको ४८ घण्टा बित्न नपाउदै आज अन्दाजी पौने ५ बजेको समयमा ताराखोला गाउपालिकाबाट बेहुली लिएर जन्ती सहित फर्कदै गरेको ध १ ख ४६१ नम्वरको बस मध्यपहाडी लोकमार्गको काठेखोला गाउँपालिका–५ विहुँको घोँडाबाँधे भ्यूटावर नजिकै रँगेनीमा अकस्मात सडक देखी ६ मिटर तल पल्टिदा बसमा सवार ४५ जना मध्य काठेखोला गाउँपालिका वडा नम्वर ८ का ६४ बर्षिय गंगाबहादुर बिकको धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (सूचना अधिकारी) झविन्द्र प्रसाख अधिकारीले जानकारी दिए । अन्य घाईते ६ जनामो धौलागिरी अन्चल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
ताराखोला गाउँपालिका–१ माझखर्कबाट लेखानी फर्कदै गरेको जन्ती बस दुर्घटना हुँदा काठेखोला ८ लेखानीका वर्ष ६३ का चन्द्रबहादुर सुनार, वर्ष १५ की ज्योती सुनार, वर्ष १२ की सफलता सुनार, वर्ष १७ की संगीता बिक र वर्ष १४ की आरती सुनार घाईते भएको प्रहरीले जनाएको छ ।
बस चालक पर्वत जिल्ला महाशिला गाउँपालिका २ का खिमबहादुर पौडेल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
तस्वीर- भरत सापकोटा, बिहुँ ।