छविलाल पाण्डे तमान बागलुङ २०७६ बैशाख ८ । तमानखोला गाउँपालिका वडा नं.६ मा रहेको नर्जा गाउँमा एककार्यक्रमका विच एक घर एक खानेपानी धाराको उद्घाटन गरिएको छ ।
खानेपानीको पहुँचबाहिर रहेको उक्त गाउँमा दुई आर्थिक बर्षमा गरी गाउँपालिकाबाट ३४ लाख बजेट बिनीयोजन गरेसँगै स्थानीय १ सय ११ घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । गाउँदेखि दुई हजार पाँचसय मिटर उचाइमा रहेको बराहकोट महिरेखोला खानेपानी मुहाबाट गाउँमा पानी ल्याई प्रत्यक घरमा पुर्याएसँगै स्थानीय बासि खुसी भएका हुन् ।
तमानखोला गाउँपालिकाबाट आर्थिक बर्ष २०७४/७५ मा १५ लाख र २०७५/७६ मा १९ लाख गरी कुल ३४ लाख, स्थानीयको पाँचलाख बढिको जनश्रमदान र १ लाख स्थानीयको सहयोग गरी करिब ४० लाख लागतमा दुईबर्षमा खानेपानी निर्माण सम्पन्न भएसँगै आइतबार बाजागाजा सहित तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले प्रमुख अतिथीको रुपमा खानेपानी आयोजनाको उद्धघाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दे अध्यक्ष बुढाले खानोपनीको चरम समस्या रहेको गाउँमा प्रसस्तमात्रामा खानेपानी भित्रियसँगै विकासको महत्वपुर्ण आयाम मध्यको एक आयाम पुरा भएको बताउँदै स्थानीयलाई एकघण्टा लगाएर पानी भर्न जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
गाउँमा खानेपानी प्रशस्त मात्रामा भित्रिएपछि स्थानीयको समयको बचत सँगै आर्थिक उपार्जनको माध्यमखुल्ला भएको बताउँदै गाउमै व्यवसाहिक रुपमा तरकारी फलफुल खेती गरी बजारीकरण गर्न,घर आगन सरसफाई गर्न र समुन्त समाज निर्माणमा समेत खानेपानीले महत्वपुर्ण सहयोग पुर्याउने बताउँदै खानेपानीको सहि सधुपयोग गर्नसमेत आग्रह गरे ।
गाउँपालिकाको अधिकाँस क्षेत्रमा खानेपानी समस्या रहेको बताउँदै आगामि दुईबर्ष भित्रमा सबै वडामा एकघर एक खानेपानी धारा निर्माण अभियानलाई प्राथमिकता दिएर गाउँपालिका अगाडी बढिरहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, पत्रकार रामनारायाण् सुवेदी लगाएतको मन्तव्य रहेको हो ।
कार्यक्रमका अध्यक्ष एवम खानेपानी निर्माण समितीका अध्यक्ष चित्रबहादुर छन्त्यलाले बोल्दै गाउँपालिकाको महत्वपुर्ण सहयोग र स्थानीय उपभोक्ताको साथ र सहयोगका कारण घरघरमा खानेपानी सुविधा पुर्याउन सफल भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यबाद व्यक्त गर्दै गाउँमा अझै सडक, शिक्षा जस्ता मत्वपुर्ण विकास निर्माणको कामलाई सबैले हातोमालो गरेर अगाडी बद्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका अवसरमा तमाखोला गाउँपालिकाका कर्मचारी, पत्रकार, समाजसेवी, बुद्धिजिवी, स्थानीयबासी लगाएतको आतिथ्यता एवम उपश्थिती रहेको थियो । गाउँमा एकसय एघार घरमा र ६ सार्वजनीक स्थानमा गरी एकसय सत्र खानोपनीको धारा निर्माण गरीएको हो ।