कोपिला कंडेल, बिहुँ २०७६ बैशाख १२ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यवस्थापन स्थानिय पुर्बाधार कार्यालयले काठेखोला गाउंपालिका ५ काउलेका भुकम्प पीडितलाई जग्गा धनी प्रमाण पुर्जा हस्तान्तरण गरेको छ ।
कार्यालयले चौथो भुकम्प स्मृति दिवसका अवसर पारेर बिहिबार काउलेका १० जना भुकम्प पीडितलाई एकमुष्ट रुपमा एकीकृत बस्ती जग्गा धनी प्रमाण पत्र हस्तान्तरण गरेको हो । भुकम्प पीडित सुमित्रा दर्जी, सुस्मिता दर्जी, धनबहादुर दर्जी, चिन्ते दमाई, बसीकुमारी दर्जी, धनमाया परियार, गंगाबहादुर परियार, डिलबहादुर दमाई, सविना नेपाली र भविराम दमाईलाई एकमुष्ट रुपमा जग्गा धनी प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
२०७२ सालको बिनासकारी भुकम्पले जमिनको धाजा फाटेर कम्जोर बनेपछि त्यहांका १४ घरपरिवार बिस्थापित बनेका थिए । उनिहरुका लागि गाउँपालिकाको वडा नम्वर ५ को सहयोगमा ५ रोपनी १२ आना जग्गा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईले खरिद गरेको थियो ।
१४ घर परिवार मध्ये राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यवस्थापन स्थानिय पुर्बाधार कार्यालयले १२ जनाको सिफारिस पठाएपनि अन्य दुईजनाको अन्यत्र जग्गा रहेको खुलेकाले १० जनाको नाममा मात्र अनुदान रकम आएको कार्यालयका प्रमुख ई्रन्जीनियर रामासिस साहले जानकारी दिए ।
भुकम्प पीडित १० परिवारलाई जग्गाधनी प्रमाण पत्र हस्तान्तरण गर्दै संघिय सांसद डा. सुर्य पाठकले भुकम्पबाट बच्नका लागि सबैले भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने बताए । नेपाल पनि भुकम्पकीय जोखिममा रहेको चर्चा गर्दै संघिय सांसद पाठकले भुकम्प प्रभावित क्षेत्रमा सरकारले तिव्र रुपले पुननिर्माणका काम अगाडी बढाएको दाबी गरे ।
मध्यपहाडी लोकमार्गको काम तिब्ररुपमा अगाडी नबढ्दा त्यसको प्रत्यक्ष असर स्थानिय संरचनामा समेत पर्ने गरेको छ, उल्लेख गर्दै भुकम्प लगायतका अन्य खतराबाट बच्नका लागि सबैले सचेत हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी गण्डकी प्रदेशका सासंद ईन्द्रलाल सापकोटाले भुकम्प प्रतिरोधी संरचना निर्माणका लागि राज्यले अवलम्बन गरेको निती नियमलाई सबैले अवलम्बन गर्नुपर्ने बताए ।
भुकम्प बाट बच्नका लागि सबैले निजी तथा सार्वजनिक संरचना निर्माण गर्दा प्राविधिकको सल्लाह सुझावलाई आत्मसाथ गर्नुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङ्गका उपप्रमुख बिष्णु भुषाल काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापा पुर्ब सांसद गोबिन्द प्रसाद शर्मा कंडेल र महिला प्रतिनिधी ज्ञान कुमारी श्रीस शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यवस्थापन स्थानिय पुर्बाधार कार्यालयका प्रमुख ईञ्जीनियर रामंसिस साहले नेपाल सरकार र स्थानिय निकायको सहयोगका कारण काउलेका भुकम्प पीडितको आवास निर्माण कार्य अगाडी बढाउन सहज भएको बताए । उनले अव निसीखोला गाउपालिका बडिगाड गाउंपालिका र बानपाको भान्सामा पुर्ननिर्माणका काम अगाडी बढाईने जानकारी समेत दिए ।
कार्यक्रम पुननिर्माण सहजिकरण समितिका अध्यक्ष एबं प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षता, काठेखोला गाउंपालिका वडा नम्वर ५ का अध्यक्ष शिव प्रसाद कंडेलको स्वागत मन्तब्य र राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान ब्यवस्थापन कार्यालयका चुर्ण बहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
तस्वीर- भरत सापकोटा, बिहुँ ।