गुमानसिँह भण्डारी गल्कोट २०७६ बैशाख १४ । गल्कोटमा सुरक्षा गार्डसम्बन्धि ३२ दिने तालिम आयोजना गरिने भएको छ । बिशेष गरि गल्कोटका युवाहरूको पहिलो रोजाई बिदेश बन्ने गरेकाले सिप सिकाएर पठाउन सके कामको समस्या कम हुने आयोजकको भनाई छ ।
आगामि जेठ १ गतेदेखि असार ३२ गतेसम्म तालिमको आयोजना गरिएको हो । व्यवसायीक तथा सिप विकास तालिम केन्द्र कुस्माको सहयोग , गल्कोट नगरपालिका ३ को समन्वय र कास्की सेक्रटरी पोखराको आयोजनामा गल्कोटको हटियामा तालिम संचालन हुनेछ ।
तालिममा गल्कोट भरिका युवाहरूले सहभागि जनाउन सक्ने वडा अध्यक्ष वीरजङ भण्डारीले ईबागलुङलाई बताए।
विदेशमा सिप नसिकी जादा अनेकौ समस्या भोग्ने गरेका कारण यस तालिमले विदेशमा जानेहरूलाई थोरै भएपनि राहत महसूस हुने अध्यक्ष भण्डारीको विश्वास छ । सकेसम्म युवाहरूलाई स्वदेशमै केहि गर्नुपर्छ भन्ने भावना जगाईरहेका छौ त्यसबाहेक पनि विदेश जान चाहना राख्नेहरूलाई सिप सिकाएर पठाउन सके दुख कम हुने वडा सदस्य झहर वहादुर खत्रिीले बताए।