Sorry, that menu does not exist.
 

कवि भुपिनको सामाजिक उपन्यास मैदारो लोकार्पण !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख १४ । कवि एबं आख्यानकार भुपिन खड्का भुपिनको समाजिक उपन्यास मैदारोको लोकापर्ण भएको छ । धौलागिरी कला तथा साहित्य मञ्चको आयोजना एबं सामुदायिक रेडियो बागलुङ एफएमको संयोजनमा शुक्रबार मैदारोको लोकार्पण गरिएको हो । मैदारोको कवि भुपिनकी आमा बसुन्धरा खड्का प्राज्ञ प्रेम छोटा र धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

दलित समुदाय माथि हुने सामाजिक बिभेदलाई समेटिएर मैदारो तयार पारिएको कृतिका लेखक एबं आख्यानकार कवि भुपिनले बताए । दलित माथि हुनै सबैखाले बिभेद अन्त्यका लागि राज्यले नितीमा सुधार गरेपनि आम समुदायको मन मस्तिष्कमा बिभेद भने कायमै रहेको चर्चा गर्दै कवि भुपिनले मैदारो लेखन दलित अगुवा सर्वजित विशवकर्माले आन्दोलनको शुरुआत गरेको ठाउं बागलुङकै यथार्थता समेटिएको बताए । उनले साहित्य कला र संगित मार्फत सामाजिक बिभेदको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्ने सहभागिले समाजमा दलित वर्ग माथि गरिने बिभेद अन्त्यका लागि कवि भुपिनको मैदारो सबैले अध्यन गर्नुपर्ने बताए । सदियौ देखि उत्पिीडनमा पर्दै आएको दलित समुदायको पीडा र मर्मलाई कवि भुपिनले मर्मस्पर्सी ढङ्गले मैदारोमा उतारेको भन्दै सहभागिले साहित्य मार्फत सामाजिक बिभेद बिकृति र बिसंगतीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्राज्ञ प्रेम छोटा धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशन मैदारोका प्रकाशक भुपेन्द्र खड्का आख्यानकार गणेश पौडेल र पत्रकार कोपिला कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सहायक प्रमुख हरी प्रसाद पाण्डेले कृतिको समीक्षा गर्दै मैदारो उत्कृष्ट सामाजिक उपन्यास भएको बताए । दलित समुदाय माथि हुने गरेको बिभेद र उत्पिडनलाई मैदारोले जस्ताको तस्तै उतारेको चर्चा गर्दै उनले सामाजिक मुद्दामा आधारित सो कृति उत्कृष्ट रहेको दाबी गरे । कार्यक्रममा सुर साधना संगीत प्रशिक्षण केन्द्रका प्रशिक्षक सूर्य घतानेले ीित प्रस्तुत गरेका थिए ।
कार्यक्रम धौलागिरी कला तथा साहित्य मञ्चका अध्यक्ष सृजना कार्कीको अध्यक्षता सह कोषाध्यक्ष मनिष गौतमको स्वागत मन्तब्य र सदस्य गोबिन्द सुबेदीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply