Sorry, that menu does not exist.
 

प्रहरीसग बिद्यार्थीको एक दिन : जिप्रका अवलोकन पछी बिद्यार्थी आचार्यले भने-‘…प्रहरी सबै जनताको सुख दु:खको साथी रहेछ ।’

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख १४ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा शुक्रवार रुद्रेपिपल मा.बि बागलुङका बिद्यार्थी संग प्रहरीसग १ दिने कार्यक्रम सम्पन्न भएको छ ।

बिभिन्न सरकारी एवं निजी बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई प्रहरीको गतिविधिबारे नजिकबाट अध्ययन गर्ने गरि कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई प्रहरीका गतिविधिहरु प्रत्यक्ष कार्यालयमा पुगेर हेर्न र बुझने गरि यो अभियान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए । उनले प्रहरी प्रति बालबालिकामा हुने गरेको डर त्रास र गलत धारणा हटाई सकरात्मक सोचको बिकास गर्नका लागि प्रहरी संग १ दिने कार्यक्रम संचालन गरिएको समेत बताए ।

अपराध रोकथाम, नियन्त्रण र सुचना सम्बन्धी बालबालिकालाई सचेत गराउनका लागि बिद्यार्थी संग प्रहरीले साक्षात्कार एबं अन्र्तक्रिया र प्रहरी कार्यालयको अवलोकन लगायतका कार्यक्रम गर्दै आएको प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।

बिद्यार्थीहरुले प्रहरी निरीक्षक भट्टराई महिला सेल प्रमुख अनु राई लगायतसंग प्रहरी कार्यालय भित्रका बिभिन्न शाखाहरु, नागरिक सहायता कक्ष, सिसिटिभि नियन्त्रण कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बिशेष शाखा,व्यारेक, भेष, प्रशासन शाखा, हिरासत कक्ष लगाएका स्थानमा अवलोकन गरेका थिए ।

आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रहरी महिला सेल प्रमुख अनु राईले जानकारी दिईन ।

अमृत आचार्य
प्रहरी कार्यालयको अवलोकन र अन्र्तक्रिया पछि रुद्रेपिपल मा.बि कक्षा १० मा अध्यनरत बिद्यार्थी अमृत आचार्यले आफुहरु अफ्ठेरोमा पर्नुका साथै समाजमा हुने कुनैपनि गलत क्रियाकलाप बिरुद्ध आगामी दिनमा प्रहरी संग समन्वय गर्न सकिने बताए । प्रहरी प्रति हाम्रो बुझाई केही गलत थियो, आचार्यले भने, अब मात्र थाहां भयो प्रहरी सबै जनताको सुखदुखको साथी रहेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply