पूर्णभद्र निउरे, ताराखोला २०७६ बैशाख १४ । ताराखोला गाउँपालिकामा अलैंची ब्लक संचालक समितीको आयोजनामा व्यावसायिक अलैंची खेतीसम्बन्धि र कृषि ज्ञान केन्द्र पर्बतको आयोजनामा रैथानेबाली उन्नत खेती प्रबिधी बारे दुई दिने तालिम आज देखि शुरु भएको छ ।
तालिमको उदघाटन सत्रमा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले कृषि क्षेत्रमा ब्याबसायिक रुपमा लाग्ने कृषकलाइ गाउ पालिकाले सधै सहयोग गर्न तत्पर रहेको बताउनु भयो उहाँ ले अब छिट्टै ताराखोला गाउँपालिका मा कृषि मा युवा र एकीकृत कृषि फर्म जस्ता कार्यक्रम सन्चालनका लागि सम्बन्धित निकाय हरुमा पहल तथा समन्वय भै रहेको कुरामा जोड दिएका थिए ।
त्यसै गरि कृषि ज्ञान केन्द्र पर्बतका प्रमुख बासुदेब रेग्मीले स्थानिय तहमा कृषि साखा हेर्ने कर्मचारीको अभाबमा कृषि क्षेत्रका कार्यक्रमहरु प्रभाव कारी रुपमा अगाडि बढाउन नसकिएको बताए । उनले ग्रामीण क्षेत्रका रैथाने बालि हरुको संरक्षण सङ्गै कृषिमा आधुनिक प्रविधि सहित ब्याबसायिक तरिकाले लाग्नु पर्नेमा जोड दिए ।
अलैंची खेती सम्बन्धी सैद्धान्तिक र ब्यबहारिक ज्ञान हासिल गराउने उदेश्यले गाउपालिकाको केन्द्र अर्गल भातखाने डाडामा सन्चालित तालिम मा पहिलो दिन वडा न १ र २ का करिब ३६ जना अलैंची खेतीका अगुवा कृषकहरुको सहभागीता रहेको भोलि दोस्रो दिन वडा न ३ र ४ का कृषकहरुलाई तालिम प्रदान गरिने बताइएको छ।
त्यस्तै अर्कोतर्फ रैथानेबाली उन्नत खेती प्रबिधी सम्बन्धि स्थलगत तालीम मा गाउँपालिका भरिका ५ बटै वडा का २५ जना अगुवा कृषकहरु को सहभागीता रहेको छ ।
कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्र पर्बतका बाली संरक्षण अधिकृत नारायण पौडेल , बागबानी अधिकृत सोनि राना र कृषि प्रसार अधिकृत बिनोद शर्माले गर्ने आयोजकले जनाएको छ ।
उदघाटन कार्यक्रम अलैंची ब्लक संचालक समितीका संयोजक खर बहादुर घर्तिको अध्यक्षता , सह संयोजक नर बहादुर पुलिसाको स्वागत र सचिब इन्द्र बहादुर रोकाको संचालनमा सम्पन्न भएको थियो