छविलाल पाण्डे, बुर्तिवाङ २०७६ बैशाख १४ । सुदूर पश्चिममा रहेको तमानखोला गाउँपालिकाका युवाहरु गाउँमा रँगशाला सहितको फुटवल खेलमैदानको माग गर्दे खेलकुद मन्त्रालयमा डेलीगेशेन गएका छन् ।
खेलक्षेत्रको विकास र विस्तार गर्न गाउँमा प्रर्याप्त मात्रामा खेलकुद मैदान नभएको भन्दै फुटबल खेलमैदानको माग गर्दे सोले युवा क्लब लाम्मेलाको टोली काठमाण्डौ पुगेको हो । शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा पुगेर आफुहरुले रँगशाला सहितको फुटवल खेलमैदान निर्माणका निम्ती आवश्यक रकम माग गरीएकाने सोले युवा क्लब अध्यक्ष अशोक छन्तयाले ईबागलुङलाई बताए ।
नेपाली काँग्रेस क्षेत्रीय सभापती दोर्णकुमार कुवँर, नेपाली काँग्रेस तमानखोला ४ का सभापती खिम छन्त्याल, क्लब कोषाध्यक्ष तमबहादुर छन्तयाल लगाएतको टोलीले मन्त्रालयमा पुगेर आफनो लिखित एवम मौखिक रुपमा खेलमैदान निर्माणका निम्ती १ करोड बजेट माग गरीएको क्लब अध्यक्ष छन्त्यालले बताए ।
मन्त्रालयको योजना शाखाका अनुसार आर्थिक बर्ष २०७६÷७७ कार्यक्रममा उक्त क्षेत्रमा खेलकुद मैदानका निम्ती पहल हुने आश्वाशन मिलेको बताइएको छ ।