गुमानसिँह भण्डारी गल्कोट २०७६ बैशाख १४ । गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जिल्ला घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय बागलुङको आयाजनामा गल्कोटमा संचालन गरिएको १० दिने उद्यमशील विकास तालिमको समापन गर्दै बसीखाने प्रबृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन् । उनले उद्यमी बन्नका लागि गरिखाने प्रवृत्ति अपनाउनुपर्नेमा जोड दिँदै उद्यमीहरूका लागि नगरपालिकाले बिशेष अनुदानको ब्यवस्था गर्ने खुलासा गरे ।
कार्यत्रममा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति, मुख्य शाखा बागलुङका प्रमुख रामप्रसाद पाण्डे, वडा नम्बर ३ का अध्यक्ष बीरजङ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा उद्यमी कसरी बन्न सकिन्छ, सफल ब्यवसायी कसरि बन्ने लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।
सो अवसरमा प्रशिक्षकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
तालिममा गल्कोट क्षेत्र भित्रका करिब ३० जनाको सहभागिता रहेको थियो ।
कार्यत्रmम नगरउपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता, सहभागी दुर्गा दर्लामीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।