Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकामा नागरिक सहायता कक्ष स्थापना गरिने !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १४ । गल्कोट नगरपालिका ३ हटियाको आयोजनामा संचालन गरिएको २ दिने उपभोक्ता समितिको तालिमको शनिवार समापन गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकामा नागरिक साहायता कक्ष स्थापना गरिने बताए । उपभोक्ताहरूलाई नगरपालिकामा बिभिन्न किसिमका योजना तथा अन्य काममा सहजता ल्याउनका लागि नागरिक साहायता कक्ष स्थापना गर्न लागिएको उनको भनाई थियो ।

कार्यत्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रेनुका काउचा मगरले गुणस्तरिय रूपमा काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरिने खुलासा गरिन । नगरउपप्रमुख काउचाले उपभोक्ता समितिको काम पारदर्शी र गुणस्तरिय भए नगरको बिकास सम्भव रहेको उल्लेख गरिन ।

कार्यत्रmममा सहभागीको तर्फदेखि रेशम कार्की र रिमा बुढाथोकीी खत्रीले धन्यवाद मन्तव्य राखेका थिए ।

तालिममा गल्कोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर बिक र वडा सचिव आनन्दप्रसाद शर्माले सहजिकरण गरेका थिए । सहभागीलाई योजना तर्जुमाको चरण, उपभोक्ता समितिको गठन प्रत्रिmया, काम, कर्तव्य, अधिकार, योजना सम्झौता देखि फरफारक सम्मको बिषयमा सहजिकरण गरिएको थियो । तालिम वडा अध्यक्ष बिरजङ भण्डारिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply