पूर्णभद्र निउरे, ताराखोला २०७६ बैशाख १४ । युवा संजाल ताराखोला ४ को आयोजना र NYC ताराको समन्वयमा सामाजिक बिकृती बिसङ्गती न्यूनीकरण सम्बन्धी अभिमुखि कार्यक्रम तथा क्षमता अभिबृद्दि तालिम आज सम्पन्न भएको छ ।
ताराखोला गाउँपलिकाको आर्थिक सहयोगमा युवाहरुको नेतृत्व क्षमता अभिबृद्दी गर्ने र समाज मा भएका बिकृती बिसङ्गतीहरुलाइ न्यूनीकरण गर्न युवाबर्गलाई प्रशिक्षित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको युवा संजालका उपाध्यक्ष भिम ब घर्तीले जनाए ।
कार्यक्रमको समापन समारोहमा बोल्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीअले समाजमा हुने हरेक परिवर्तनमा युवा बर्गको भुमिका महत्त्वपूर्ण हुने भन्दै बिकृती र बिसङ्गती न्यूनीकरण का लागि पनि युवा ले नेतृत्व गर्नु पर्ने कुरा मा जोड दिएका थिए ।
सोही कार्यक्रममा बोल्दै ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले युवा संजालले नेतृत्व क्षमताको बिकास सङ्गै सामाजिक बिसङ्गती अन्त्यका लागि गरेको कार्यक्रम प्रशंसनीय भएको भन्दै कार्यक्रम प्रश्चात उपलब्धि देखिने गरि कार्य गर्न अनुरोध गरे ।
तालिमको सहजीकरण नेपाल मा बि तारा का शिक्षक दिपेन्द्र पौडेल र नबसृजना युवा क्लबका अध्यक्ष पूर्णभद्र निउरेले गरेमन थिए भने कार्यक्रममा वडा न ४ का ४० जना युवाहरुको सहभागीता रहेको थियो ।
सोही अबसरमा वडा भित्र का ५ बटा समूह लाई खेलकुद सामाग्री , बिकृती बिसङ्गती अन्त्यका लागि अपिल गरिएको पर्चा पम्लेट होर्डिङ बोर्ड बितरण गरिएको थियो ।
कार्यक्रम युवा संजाल वडा न ४ का अध्यक्ष जित बहादुर घर्तीको अध्यक्षता सदस्य समर बुढाथोकीको संचालनमा सम्पन्न भएको थियो ।