कृष्ण सापकोटा, बागलुङ २०७६ बैशाख १५ । गत फागुनमा सम्पन्न पाचौ पञ्चकोट धनधान्याचल विराट श्रीमहायज्ञ २०७५ को आय व्यय सार्वजनिक गरिएको छ । पञ्चकोटमा शनिवार आयोजित कार्यक्रममा ५८ लाख ९५ हजार ४ सय ३५ बरावरको आय व्यय सार्वजनिक गरिएको हो ।
महायज्ञमा नगद रसिद मार्फत सस्थापक सदस्य वनेका वाट ३२ लाख ३६ हाजर ६० रुपैया ,मण्डप तथा दानपेटिका वाट २ लाख ८२ हजार २ सय २४ ,धान विक्रिवाट ४ लाख ९४ हजार ९ सय ७५ चामल विक्रिवाट १ लाख ८२ हजार ६ सय २० रुपैया नगद आम्दामी भएको जनाईएको लेखा संयोजक कुलप्रसाद उपाध्यायले जानकारी दिनु भयो । त्यस्तै मौजदात सामान विक्रिवाट ३६ हजार ४ सय १ रुपैया आम्दामी भएको जनाईएको छ । नगद रसिद ,सामान विक्रि र धान विक्रिवाट गरी १५ लाख ३८ हजार १ सय ६५ रुपैया उठ्न वाकी रहेको जनाईएको छ । महायज्ञ सम्पन्न गर्न १५ लाख ४० हजार रुपैया खर्च भएको सो अवसरमा जानकारी गराईएको छ ।
पञ्चकोटका प्रतिनिधि अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्याङजाको पुतलिवजार नगरपालिकाका मेयर सिमा क्षेत्री ,बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष खिममराज सापकोटा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम महासचिव माधाव प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।