घनश्याम गौतम २०७६ बैशाख १५ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र ताराखोला अलैंची ब्लक संचालक समितीको आयोजनामा सञ्चालीत व्यावसायिक अलैंची खेती प्रबिधि सम्बन्धि तालिम सम्पन्न भएको छ ।
सैद्धान्तिक कक्षाको समापन समारोहमा बोल्दै ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्तीले कृषि क्षेत्रमा ब्याबसायिक रुपमा लाग्ने कृषकलाइ गाउपालिकाले सधै सहयोग गर्ने बताए । अध्यक्ष घर्तीले अब छिट्टै ताराखोला गाउँपालिकामा कृषिमा युवा र एकीकृत कृषि फर्म जस्ता कार्यक्रम सन्चालन गर्नेगरि पहल तथा समन्वय भैरहेका जनाकारी दिए ।
अलैची ब्लक सञ्चालक समितिका सयोजक खर बहादुर घर्तीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्बतका प्रमुख बासुदेब रेग्मीले शुभकामना मन्तब्य राखेका थिए । तालिमको कृषि ज्ञान केन्द्र पर्बतका बाली संरक्षण अधिकृत नारायण पौडेल , बागबानी अधिकृत सोनि राना र कृषि प्रसार अधिकृत बिनोद शर्माले सहजिकराण गर्नुभएको थियो । तालिमको प्रशिक्षकलाई आज बिदाई गरिएको छ भने भोली प्रयोगात्मक कक्षा सञ्चालन हुने ईन्द्र प्रसाद रोकाले जनाकारी दिए ।