बागलुङ २०७६ बैशाख १६ । बिप्लब माओवादी माथी सरकारले प्रतिवन्ध लगाएपछी गत २०७५ चैत १८ गते बागलुङ नगरपालिका २ टाईगर चोकबाट प्रहरीले नियन्त्रणमा लिएका अखिल क्रान्तिकारी (नेकपा विप्लब समुह) का जिल्ला संयोजक प्रवीण सापकोटालाई जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान पछी आईतबार जिल्ला प्रहरी कार्यालय म्याग्दी पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक (सूचना अधिकारी) झविन्द्र प्रसाद भट्टराईले सापकोटा माथी म्याग्दी जिल्लामा पनि केस भएकोले जिल्ला प्रहरी कार्यालय म्याग्दी बेनीमा बुझाईएको जानकारी दिए ।
यसैवीच ढोरपाटन नगरपालिका-१ बुर्तिवाङ बजारका ६१ वर्षिय दुर्गादत्त जैशी भनिने बाबुराम आचार्यले आइर्तबार नै बिप्लब माओवादी परित्याग गरेको निवेदन सहित ईलाका प्रहरी कार्यालय बुर्तिवाङमा आत्मसमर्पण गरेको प्रनाउ भट्टराईले ईबागलुङलाई जानकारी दिए ।