Sorry, that menu does not exist.
 

जिल्लाका सम्बन्धित बिकासे अड्डा संग समन्वय नहुदा काम गर्न केही कठिनाई : अध्यक्ष थापा

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख १६ । काठेखोला गाउंपालिकाले बिकास निर्माणका सबै योजनालाई श्रमदान संग जोड्ने लक्ष्य लिएको छ । स्थानियको सहभागिता बिना बिकास निर्माणका कार्यलाई गति दिनका लागि गाउंपालिकाका योजनालाई श्रमदान सहित उत्पादनसंग जोड्ने गाउंपालिकाले जनाएको छ । गाउंपालिकाको भित्रका ८ वटै वडालाई पहिचान सहितको वडा बनाउने लक्ष्य रहेको काठेखोला गाउंपालिकाका अध्यक्ष अमर थापाले बताए ।

धौलागिरी सञ्चार क्लब बागलुङको २८ औ श्रृङ्खलामा पत्रकार संग साक्षात्कार गर्दै उनले एक वडा एक पहिचान सहित अगाडी बढ्ने जानकारी दिए । वडा नम्वर १ मा हाट बजार संचालन त्यसैगरी २ भिमापोखरामा अर्गानिक खेती त्यसैगरी धम्जालाई आलुखेतीको लागि पकेट क्षेत्र निर्माण तंग्राममा जनजातिको बाहुल्यता रहेकाले स्त्ुपा निर्माण गर्ने योजना रहेको थापाले बताए । त्यसैगरी गाउंपालिकाको ५ नम्वर वडां बिहुको शिवधुरी रामकोट क्षेत्रलाई ऐतिहासिक धार्मिक पर्यटकीय गन्तब्य वडा नम्वर ६ लाई सुन्तला जोन तथा पशुपालनको पहिचानको रुपमा र वडा नम्वर ७ लाई खेलकुदको गन्तब्य क्षेत्र र वडा नम्वर ८ मा जनजातिको बाहुल्यता रहेकाले स्तुपा बनाईने योजना रहेको गाउंपालिका अध्यक्ष थापाको भनाई छ ।

उनले पालिकाका ८ वटै वडालाई पहिचान सहितको वडा बनाईने पनि बताए । हामी जनताद्धारा निर्वाचित प्रतिनिधी भएकाले जनअपेक्षा अनुसारनै अगाडी बढ्नुपर्छ अध्यक्ष थापाले भने, गाउंपालिकाको आवश्यकता र स्थानियको जनचाहना अनुरुप अगाडी बढेका छौ । स्थानिय बिकासलाई तिव्र रुपले अगाडी बढाएको बताए । चालु आर्थिक बर्षको योजना अनुसार ८० प्रतिशत काम पुरा भईसकेको चर्चा गर्दै अध्यक्ष थापाले बाकी काम बैशाख महिना भित्रै सक्ने लक्ष्य रहेको दाबी गरे । जव आर्थिक बर्ष सकिन लाग्दा हतारमा काम गर्ने परिपार्टीको बिकासले सम्मृद्धिको सपना पुरा हुदैन, थापाले असारे बिकासलाई ब्रेक गर्नुपर्छ । उहांले बिकास निर्माणका कामलाई शुरुबाटनै तिब्र गतिमा अगाडी बढाउनुपर्नेमा जोड दिए । उनंले जिल्लाका सम्बन्धीत बिकासे अड्डा संग समन्वय नहुदा काम गर्न केही कठिनाई भएको बताए । कार्यक्रम धौलागिरी सञ्चार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता सदस्य सृजना पन्तको स्वागत मन्तब्य र कोषाध्यक्ष कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply