छविलाल पाण्डे, बुर्तिबाङ २०७६ बैशाख १६ । बागलुङ सुदर पश्चिममा रहेको निसीखोला गाउँपालिका र प्यूठानको गौमुखी गाउँपालिकामा पर्ने नाङ्गे धुरीलाई प्रर्यटकीय क्षेत्र घोषण गर्नका निम्ती दुबै गाउँपालिकाले समन्वय गरेर अघिी बढ्ने सहमती गरेका छन् । समुद्री सतहदेखि ३ हजार २ सय ४५ किलोमिटर उचाइमा रहेको उक्त क्षेत्र प्रर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेका कारण दुइवटै गाउँपालिकाले समन्वय गरेर विकास निर्माण सँगै प्रर्यटन प्रवर्धनमा अगाडी बद्ने सहमती गरेका हुन् ।
बैशाख १५ गते आईतबार नाङ्गे धुरीमा एक कार्यक्रमको आयोजना गर्दे दुबै गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बुद्धिजिवी, पत्रकार लगाएतको बिशेष उपस्थितीमा भएको एक कार्यक्रमबाट दुबै गाउँपालिकाले प्रर्यटन प्रवर्धन र नाङ्गे क्षेत्रको विकास गर्न प्रत्यक बर्ष बजेट बिनियोजन गरी कार्यान्वयन गर्ने र थप बजेटका लागि प्रदेश सँघिय सरकार एव. पर्यटन सम्बन्धी निकायमा पहल गर्ने , नाङ्गे क्षेत्रको दिर्घकालीन योजना निर्माण गर्नका निम्ती निसीखोला र गौमुखी गाउँपालिका अध्यक्षलाई प्रमुख संरक्षकको रुपमा राख्ने र उक्त क्षेत्रको विकासमा दुबै पालिकाले समान धारणा र एकरुप बुझाइ मार्फत अगाडी बद्ने बिषयमा छलफल एवं सहमती पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बोल्दै प्रदेश ४ को निसीखोला र प्रदेश ५ को प्यूठान जिल्लाको सीमानमा रहेको नाङ्गे धुरी प्रर्यटकीय हिसाबले महत्वपूर्ण स्थल भएका कारण यसको व्यवस्थापनका निम्ती आफनो पालिकाले सक्दो समन्वय र सहयोग गर्ने बताउँदै दुबै पालिका अगाडी बढेमा नाङ्गे क्षेत्रले अवसर पाउनेमा आफु विश्वस्त रहेको बताए ।
त्यस्तै कार्यक्रमकै अर्का प्रमुख अतिथी गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बोल्दै आफुले नाङगे धुरीको बिषयमा धेरै पहिले देखि सुनेपनी पहिलोपटक अवलोकन गर्ने अवसर पाएकोमा गर्व लागेको बताउँदै यसक्षेत्रको विकास र पर्यटन प्रवद्धनमा आफनो पालिकाको तर्फबाट कुनै कन्जुस्याइ नगर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा निसीखोला गाउँपालिका वडा नं.३ का अध्यक्ष जुनविक्रम गिरी, गौमुखी गाउँपालिका २ का अध्यक्ष डोरबहादुर राना, ३ का अध्यक्ष जँगबहादुर पुन, पत्रकारको तर्फदेखि पत्रकार महासँघ प्युठानका निवर्तमान अध्यक्ष गिरु प्रसाद भण्डारीले आआफ्नो विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमका अवसरमा निसीखोला गाउँपालिका वडा नं.४ का अध्यक्ष टिकानिधी पौडेल, गौमुखी गाउँपालिका उपाध्यक्ष तुलसी सुनार, पत्रकार छविलाल पाण्डे, राम सुवेदी, किरण पौडेल, समाजसेवी एवं नाङ्गे धुरीका प्रचार प्रसारका अभियन्ता भिम घर्ति, समाजसेवी भविन्द्र कुवँर, लगाएत दुबै पालिकाका समाजसेवी , बुद्धिजिवी, जनप्रतिनिधीको आतिथ्यता रहेको थियो ।
कार्यक्रमबाट भिम घर्तीको संयोजकत्वमा नाङ्गे क्षेत्र पर्यटन विकास समन्वय समितीको गठन गरीएको छ । समितीको सदस्यहरुमा निसीखोला गाउँपालिकाबाट लाल बहादुर सिँजाली धनबहादुर रोका, देवसिँह बुढामगर, गौमुखी गाउँपालिकाबाट सन्दिप राना, डोरबहादुर पुन, भुजेन्द्र राना गरी ७ सदस्यिय समितीको गठन गरीएको हो । कार्यक्रम निसीखोला गाउँपालिका प्रमुख प्रशासीकय अधिकृत रामप्रसाद आर्चायको अध्यक्षता, नेपाल पत्रकार महासँघ प्युठानका अध्यक्ष महावीर रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।