घनश्याम गौतम/मित्र खरेल, गल्कोट २०७६ बैशाख १८। गल्कोट नगरपालिका ३ हटिया शिवालय चौकस्थित गौदी खोला र गल्कोटकै मल्म काँडेवास जोड्ने दरमखोला पचुवाघाटको मोटरेबल पुलहरु सरोकारवाला निकाय र ठेकदार कम्पनिहरुवीचको असहज परिस्थितका कारण जिल्लामै चर्चा कमाउदै आएका छन् । दुबै पुलहरुको निर्माणकार्य सम्पन्न गरिसक्नु पर्ने म्याद गुज्रिएपनि पुल निर्माण कार्य ठप्प छ । ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भनेझै गत २०७६ बैशाख १ र २ गते परेको बेमौसमी वर्षा र बाढीको कारण देखाएर दुबै ठगदारहरु निर्माण कार्य अलपत्र छोडेर अव दशैँपछि काम सुरु गर्ने भन्दे कुलेलम ठोकेका छन् ।
मल्म काँडेवास जोड्ने दरमखोला पचुवाघाटको मोटरेबल पुल
गल्कोट नगरपालिकाको वडा नं ३ हटिया बजार र ६ मजुवाफाँट जोड्ने गौदीखोला शिवालय घाटको मोटरेबलपुल निर्माण गर्न सुरु गरेको केहि समय पछी बेमौषमी बर्षाका कारण देखाएर यसका ठेकदार काम छोडेर हिँडेका छन् । सो पुल निर्माण गर्ने भन्दै शिवालय घाटमा राखिएको ह्यूमपाईट हटाउदा सवारी साधनहर आवत जावत अबरुद्ध बनेको थियो । ठेकदारले काम अलपत्र छोडेर असोज पछी गर्ने भन्दै गएपछी स्थानीयले ह्युमपाईप बिछ्याएर सवारी सन्चालनमा ल्याएका छन् । जुम्ली आर्चार्य जेभि निर्माण सेबाले जिम्मा लिएको उक्त मोटरेबल पुल समयमै निर्माण नगर्दा स्थानियले सस्ती खेप्न बाध्य भएका छन् ।
पछि गल्कोट नगरपालिका वडा नं ३ र ६ जोड्ने गौदी खोलामा बाटो अवरुद्ध भएको थियो । आजबाट उक्त खोलामा खोलाबाटै सवारी साधन आवतजावत हुने गरि अस्थाई व्यवस्था मिलाएपछि स्थानिय तथा सवारी चालकहरुलाई सहजता भएको छ ।
बिभिन्न बाहानामा पुल निर्माणको समय थप्ने कम्पनीले फेरी पनि समय थप्ने तयारीमा रहेको भन्दै स्थानियले निर्माण सेबालाई कारबाही गर्न माग गरेका छन् । अब पुल निर्माणको काम आगामी असोज पछि गर्ने गरि पुस मसान्त सम्मको लागी म्याद थप्ने तयारी निर्माण सेबाले गरेको छ ।