निर्मल पौडेल, पर्वत २०७६ वैशाख १८ । १३० औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्ट पर्वतले पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । सवै श्रमिक र रोजगार दाताहरुलाई आव्हान सामाजिक सुरक्षामा सुचिकरण हाम्रो अभियान भन्ने मुख्य नारा सहित कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको हो ।
संयुक्त रुपमा गरिएको कार्यक्रममा कुस्माको दुर्लुङचोक देखी मैत्रीचोक नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यलय सम्म विशाल -यालीको आयोजना गरिएको थियो । -याली पश्चात नेकपाको कार्यलयमा आम भेला गरिएको समेत गरिएको थियो ।
भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिती गण्डकी प्रदेशका साम्सद मिना गुरुङले आफ्ना अधिकारको लागि सवै श्रमिकहरु एकजुट भएर लाग्नुपर्ने वताइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता भक्त कुवँरले श्रमिक मजदुरहरुको लागि राज्य र नेकपा सरकारले उचित किसिमका योजनाहरु ल्याएको भन्दै छिट्टै कार्यन्वयन गर्ने वताए । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन पर्वतका अध्यक्ष विक्रम ढुङ्गानाले मुलुकमा भएका विभिन्न श्रमिक आन्दोलन र गणतन्त्र स्थापनाका लागि श्रमिक मजदुर हरुले विभिन्न तह र तप्कामा पु¥याएको योगदान अतुलनिय भएको वताए ।
यस्तै जिल्लाका नेकपाका नेताहरु गोविन्द पहाडी, कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरी प्रध्यापक यदु प्रसाद पौडेल,अधिवक्ता रामचन्द्र शर्मा लगायतले वोलेका थिए । वोल्ने वक्ताहरुले सवै श्रमिकहरुलाई एक जुट गराई सदैव हकहित र अधिकारको लागि लड्नुपर्ने भन्दै आगामी दिनहरुमा अझै मजदुर हरु सशक्त भएर अगाडी वढ्नुपर्नेमा जोड दिए । मजदुर हरुलाई कुनैपनी क्षेत्रमा समस्या भए र राज्यले तोकेको न्युनतम पारिश्रमीक रोजगार दाताले नदिए तत्काल जानकारी गराउन जिफन्टले आग्रह समेत गरको छ ।
जिफन्ट कुस्मा नगर कमिटीका अध्यक्ष खगेस्वरी शर्माको अध्यक्षता गण्डकी प्रदेशकी सभासद मिना गुरुङको प्रमुख आतिथ्यता अखिल नेपाल ट्रेड युनियन पर्वतका अध्यक्ष विक्रम ढुङ्गाना र जिफन्ट प्रदेश सदस्य रमा श्रेष्ठ पुर्व अध्यक्ष खेम प्रसाद लामिछानेले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रमिला शर्माले गरेकी थिईन् ।