मित्र खरेल, गल्कोट २०७६ बैशाख १९ । समयमै वर्षा हुनाले गाउघरमा हरियाली छाएको छ । रबिबाली भित्र्याउने काम करीब करीब सकिएको छ भने अहिले मकैको बोटहरु छाँट्ने, गोडमेल गर्ने काममा किसानहरु व्यस्त देखिन्छन् ।
यसैबीच गल्कोट नगरपालिका ९ का अध्यक्ष तेजबहादुर थापाले छुट्टीको दिन परिवारका सदस्यहरुसँगै खेतीपाती गोडमेल र गाईबस्तुलाई घाँपातमा बिताएका छन् ।
उनले केहि तस्वीरहरु आफ्नो फेसबुकमा पोष्ट गरेर यसलाई फेसबुक मित्रहरुवीच बाँडेका (शेयर) छन् । सधैँ कृषि व्यवसायलाई प्राथमिकता दिँदै वडाका किसानहरुलाई यस सम्वन्धमा सचेतना जगाउदै आएका वडाध्यक्ष थापा वडाका विकास निर्माण कार्यहरुमा सक्रिय रहँदै आएका छन् ।यस पाली खेतीपाती सप्रिने उनको विश्वास रहेको छ ।
पछिल्लो समय वडाध्यक्ष थापा शहरी विकास आयोजना गरिबी निवारण आवास कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा निकासा भएको रकमबाट घरबास निर्माण योजना अन्तर्गत वडा नम्वर ९ का डिलबहादुर बिक बाँसखोला, काले कामी बाँसखोला, भविलाल बिक बांग सल्ला, जयराम दमाई छिस र दानसिँह दमाई रिष्मीलाई घरबास निर्माण गर्न जनहीँ ३ लाख ३५ हजार रुपयाँ किस्ता बन्दीमा उपलव्ध गराएर निर्माणाधीन अवस्था रहेका भवनहरुको अर्को किस्ता रकम निकासा नहुँदा भवनहरु अलपत्र परेकोमा चिन्तामा रहेका छन् ।
सरोकारवाला निकायमा सम्पर्कगर्दा किस्ता रकम निकास नभएकोले पठाउन नसकिने जानकारी पाएपछी भवन अलपत्र रहेको वडाध्यक्ष थापाले ईबागलुङलाई बताए ।
किस्ता उपलव्ध नहुँदा भवन निर्माणगर्ने ज्यामीहरुले ज्याला समेत नपाउदा थप कष्ट उठाउन परेको बताउदै सम्पन्न नहुँदै भवन भग्नावशेषमा परिणत हुने त्रासमा गरीवहरु रहेका छन् ।