Sorry, that menu does not exist.
 

गल्कोट नगरपालिकामा राजश्व परामर्श समितिको बैठक सम्पन्न !

घनश्यम गौतम, गल्कोट २०७६ बैशाख २२ । स्थानिय तहहरुले आगामी आर्थिक बर्षको लागी निति तथा कार्यक्रम र बजेटका लागि सरोकारवालासँग अन्तरक्रिया शुरु गरेका छन् । असार १० गतेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी पहिलो चरणको छलफल थालिएको हो । गलकोट नगरपालिकाले आज पहिलो चरणमा राजश्व परामर्श समितिको बैठक सम्पन्न गरेको छ । विकासे योजना, आन्तरिक स्रोतको व्यवस्थापन, राजश्व र अनुदान लगायतका विषयमा छलफल शुरु भएका छन् । पछिल्लो समय करको विषयमा निकै चर्चा हुने गरेको भन्दै गलकोट नगरपालिकाले करको बृद्धि भन्दा दायरा बढाउने गरि छलफलमा जुटेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जनाकारी दिए ।

आम सर्वसाधारणमा करको दायरा बढाउँदा करको दर बढेको भ्रम पर्ने गरेकाले खुलेर करको विषयमा पनि छलफल थालिएको नगरप्रमुख गैरेको भनाई छ । आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई व्यवस्थित र व्यावहारिक बनाउने गरी सबै तहमा सुझाव सङ्कलनसहित छलफलको काम थालिएको गलकोट नगरपालिकाकी उपप्रमुख तथा राजश्व परामर्श समितिका सयोजक रेनुका काउचाले बताईन । बैठकमा नगरपालिकाले लिदै आएको बिभिन्न प्रकारका सेवा शुल्कको ब्यबस्थापनको बिषयमा समेत छलफल भएको गलकोट नगरपलिकाका प्रबक्ता हिम बहादुर भण्डारी हेमन्तले बताए ।

बैशाख २४ गते गलकोट नगरपालिका भित्रका कृषि समितिका प्रतिनिधी, सरोकारबाला ब्यबसायिक कृषि तथा पशुपालन ब्यबसाय सञ्चालन गरेका कृषकहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले जनाकारी दिए ।

बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाई संगका अध्यक्ष, कार्यपालिका सदस्य, कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख लगाएतको सहभागितामा सञ्चालीत बैठक राजश्व परामर्श समितिका सयोजक रेनुका काउचाको अध्यक्षतामा सम्पन्न भएको थियो । अब जेठ महिनाभर वडा तथा टोलटोलबाट योजनाको आवश्यकता र प्राथमिकता निर्धारणका लागि छलफल गर्ने गरी कार्यालय तथा विषयगत समितिमा छलफल शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply