रामशरण पोखरेल, बागलुङ २०७६ बैशाख २२ । नेपाल लाइफ इन्स्योरेन्स अन्तरगतको पेशागत बिमा अभिकर्ता संघ बागलुङको आयोजना र नेपाल लाइफ इन्स्योरेन्स बागलुङको सहकार्यमा कम्पनिको १९ औं बार्षिकोत्सब भब्यताका साथ सम्पन्न भएको छ । संघले बार्षिकोत्सबको अवसर पारेर लालिगुरास चोकमा रहेको मानव आश्रमका अनाथ बालबालिका, असहाय वृद्धहरुलाइ खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । त्यस लगत्तै बार्षिकोत्सबको मुल समरोहमा नेपाल लाईफ इन्स्योरेन्स प्रदेश नम्बर चारका क्षेत्रीय प्रमुख सोन बहादुर आले मगरले अहिलेको अवस्थामा जिबनबिमा अनिबार्य भएकोले बिमा गरि जोखिम र बचत को फाइदा लिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल लाइफ इन्स्योरेन्स नेपाल कै ठूलो र धेरै बोनसदर भएकोले यस कम्पनिप्रती आकर्षण बढ्दै गएको बताए ।
यसैगरी पेशागत बिमा अभिकर्ता संघका केन्द्रिय सदस्य सिनियर एजेन्सी म्यानेजर नेत्र ढकालले नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ अन्तर्गतको यस संघले बिमाको क्षेत्रमा नेपाल मै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरेका थिए।
धौलागिरी अञ्चलका तीन वटा जिल्लाका अभिकर्ताहरु बिच गरिएको कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर द्वोय घनश्याम पाण्डे, र चन्द्र गिरि,नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ प्रमुख महेन्द्र गुरुङ,म्याग्दी प्रमुख प्रकाश रेग्मी, पर्वत प्रमुख प्रनिश गिरि, मुक्तिनाथ बिकाश बैंक बाग्लुङका अधिकृत डिल्लिराम लम्साल, एजेन्सी म्यानेजरहरु घनश्याम रिजाल, चन्द्रकान्त शर्मा, देबि गुरुङ,देबि लामिछाने सल्लाहकार दिपक सापकोटा लगायतले बोलेका थिए ।
संघले यस आर्थिक बर्षको बैशाखसम्म धौलागिरी अञ्चलबाट सर्वोत्कृष्ट दुई जना एजेन्सी म्यानेजरहरु सुमन भुसाल र याम कुमारी खत्रीलाइ सम्मान गरेको थियो ।
संघका अध्यक्ष चिरञ्जीवी रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रम निर्वाचन संयोजक बिष्णु काफ्लेको स्वागत र संघका सचीव तथा एजेन्सी म्यानेजर रामशरण पोखरेलको सन्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा कलाकार द्वोय रिना केसि र कुशुम बुढाथोकी ले गित मार्फत मनोरन्जन दिएका थिए ।