Sorry, that menu does not exist.
 

कतार नेपाली एकता समाजको अन्तर्राष्ट्रिय मजदूर दिवस : राष्ट्रघाती नागरिकता विधेयकको बिरोध !

उद्धव मगर दोहा कतार २०७६ बैशाख २३ । कतार नेपाली एकता समाज केन्द्रिय समिति व्दारा मे ३ मा एक भव्य कार्यक्रमको आयोजना गरी १३० औं अन्तर्राष्ट्रिय मजदूर दिवस मनाएको छ ।

कार्यक्रमको अध्यक्षता कतार नेपाली एकता मसाजका अध्यक्ष हेमन्त वाईवा, प्रमुख अतिथी अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य लुमाकान्तपुन मगर अतिथीहरु प्रथम उपाध्यक्ष धन बहादुर परियार, द्धितीय उपाध्यक्ष अमिना खान, सचिव विष्णु थापा, केन्द्रिय सदस्य जानुका बस्नेत (खड्का) बुद्धिजीवी विभागका कमल आचार्य, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष बलदेव राना, राष्ट्रिय परिषद सदस्य रोजिना बास्तोला, सनैया डी एरिया समितीका अध्यक्ष थम्मन पुन, सहलीया एरिया समितीका अध्यक्ष टिकाराम वर्तौला, सहानीया एरिया समितीका अध्यक्ष प्रिजल राई, दोहा एरिया समितिका सदस्य तेजनारायण शर्मा, हाँक साप्ताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको उक्त कार्यक्रम कतार नेपाली एकता समाजका महासचिव खिम बूढा मगरको सञ्चालनमा रहेको कार्यक्रम सदस्य लक्ष्मण कोईरालाले यस मजदूर दिवसमा सहभागी सम्पूर्णलाई आफ्नो मन्तव्यबाट स्वागत गरेका थिए ।

कार्यक्रम संसारभर छरिएर रहेका मजदूरहरुको हक र अधिकार प्राप्तीको लागि निरन्तर अगाडी लड्दै जाँदा आहुती दिएका ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौनधारण गर्दै रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।

१३० औं मजदूर दिवसमा शुभकामना दिनका लागी उपस्थित भएका अतिथीहरु धन बहादुर परियार, अमिना खान, बलदेव राना, कमल आचार्य, जानुका बस्नेत (खड्का) रोजीना बास्तोला, टिकाराम वर्तौला, प्रिजिल राई, तेजनारायण शर्मा, थम्मन पुन, रहेको कार्यक्रममा प्रमुख अतिथी लुमाकान्त पुनले सबैले आफ्ना भनाईहरु राख्दैे आफ्नो अधिकार प्राप्तीका लागी फुटेर होईन एकआपसमा जुटेर एक भएर अगाडी बढे मात्रै हामी मजदूरहरुले पाउनु पर्ने अधिकार पाउछौं त्यसैकारण संसारमा रहेका आम शोषित पिडीत मजदूरहरु एक हुनु भन्दा अरु विकल्प नरहेको वताएका थिए ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष हेमन्त वाईवाले पनि आफ्ना भनाईहरु राख्दै आजैका दिन मजदूरहरुको उपलब्धीका दिन भएको र अझै कैयौं अधिकार मजदूरहरुको प्राप्त नभई सकेकोले अझै हामी एक भएर अगाडी बढ्नु पर्ने वताए । थप वोल्दै उनले भने, अहिले नेपालमा चलिरहेको नागरिकता विधेयक जो गलत तरिकाले भारतीयहरुलाई जन्म र बंशजको आधारमा नागरिकता नेपाल सरकारले चैत्र १९ गते गृहमन्त्रीले परिपत्र गरेर दिदै गर्नु बाकी विचाराधीनमा रहेको भन्दै भारतीयलाई नागरिकता बाँडिएको छ त्यो एकदमै राष्ट्रघाती छ त्यसलाई रोक्नको लागी हामी जनताको हातमा रहेको र जनताले यस बारेमा बुझनै पर्ने भएकोले अबको दिनहरुमा जनताको साथ र सहयोग लिएर कतार नेपाली एकता समाजले यस राष्ट्रघाती नागरिक विधेयक रोक्नको लागी आम जनतालाइृ आहव गर्दै नेपाल लगाएत विभिन्न देशहरुबाट एकता समाजद्धारा प्रवासबाट पनी नेपाली दाजुभाई तथा दिदी बहिनीबाट एक महिने हस्ताक्षर कार्यक्रम सञ्चालन गर्र्दै संकलीत हस्ताक्षर डाटा फाईल नेपाल सरकारलाई कुटनितिक नियोग नेपाली एमबीसी कतारबाट ज्ञापनपत्र बुझाउने घोषणा गर्नु भएको छ । साथै अन्तमा उपस्थित हलमा सम्पूर्ण मजदूरलाई यस कार्यक्रममा सहभागी भई हामी मजदूुरहरुको विषयमा बुझ्न खोज्ने चाहाना राखेर आउने सहयात्री साथीहरुलाई धन्यवाद दिदै कार्यक्रम अत्यन्तै सौहद्रपूर्ण वातावरणमा सु–सम्पन्न भएको घाषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply