निर्मल पौडेल पर्वत २०७६ बैशाख २३ । पर्वत जिल्लाको मोदी गाउँपालीकामा गत वैशाख २ गते चट्याङ लागेर मृत्यु भएकी तारा देवी पुनको परिवारलाई नगद रु १ लाख हस्तान्तरण गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सहितको एक टोली आईतवार उनकै घरमा पुगेर पीडित परिवारलाई जिल्ला विपत व्यवस्थापन कोषको तर्फवाट नगद रु १ लाखको चेक मृतक तारादेवीका श्रीमान् प्रेम पुनलाई हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण गर्दैै प्रजिअ ढकालले प्राकृतिक विपत्तीवाट शोकमा रहेका तारादेवीका परिवारलाई शोकलाई शक्तिमा वदल्नुपर्ने भन्दै समवेदना प्रकट गरेका थिए ।
नेपाल सरकारको विपत व्यवस्थापन कोष मार्फत विपतमा परेका हरुलाई राहत तथा उद्दार गर्ने रकम अन्र्तगत पीडाको घाउमा थोरै भएपनी मल्हम लगाउन आँफुनै स्वयं पीडित परिवारलाई भेट्न पुगेको ढकालले वताए । त्यस्तै प्रजिअ ढकालले आगामी दिनमा पनी अन्य राहतका लागी आँफुले पहल गर्ने वताए ।
कार्यक्रममा जिल्ला अस्पताल विकास समितीका अध्यक्ष गोविन्द पहाडी, मोदी ४ का वार्ड सदस्य चित्र वहादुर चोचाङ्गी, रेडियो कुशुमका स्टेशन म्यानेजर कृष्ण अखेली,वैशाली कृषि सहकारीका अध्यक्ष गणेश पुन लगायतको उपस्थिती रहेको थियो ।
वैशाख २ गते रातीको ८ वजेको समयमा ताराका श्रीमान् ,३ वर्षका सानो छोरा र उनी सुतिरहेको समयमा चट्याङ परेको थियो । चट्याङ लागेर तिनै जना वेहोश भएका थिए । वावु र छोराको होस आएपनि तारालाई उपचारको लागी जिल्ला अस्पताल पर्वत लैजाँदै गर्दा वाटोमानै मृत्यु भएको थियो ।