Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकामा क्षेत्राधिकारको बिबाद चुलियो : वडाध्यक्ष दीपक थापाव्दारा बिरोधमा बिज्ञप्ती जारी !

बुर्तिवाङ २०७६ बैशाख २३ । ढोरपाटन नगरपालिकामा पछिल्लो समय क्षेत्रधिकारलाई लिएर चर्को बिबाद उत्पन्न भएको छ । ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष दीपक थापाले वडा समितिको क्षेत्राधिकार मिचिएको भन्दै आईतवार एक विज्ञप्ति जारी गरेपछी क्षेत्राधिकारको बिबाद छताछुल्ला.बनेको हो । यस अघी २०७५ पुस १७ गते ढोरपाटन नगरपालिका ४ नं का वडा अध्यक्ष तिलक पुनले, नगर कार्यपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले व्यवस्था गरेका विधि व्यवधानलाई कुल्चेर आफ्नो स्वार्थ पुर्ति हुने कामहरु बारम्वार दोहोयाउँदै गएकाले आम जनता, बुद्धिजीवी, सञ्चार जगतलाई जानाकारी दिन तथा पद्धति कायम गर्नका लागि वडाले पत्रकार भेटघाट कार्यक्रम गर्नु परेको बताउदै एक विज्ञप्ति जारी गरेर जनाएका थिए ।

आईतवार जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारको स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत, बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. २ को आर्थिक वर्ष २०७५/०७६ को कार्यक्रमबाट नगरपालिकाको वडा नं. ७ मा शिव मन्दिर निर्माणका लागि विनियोजित बजेट कार्यन्वयन गराउने क्रममा नगरपालिकाको कार्यालयबाट प्रचलित कानुन मिचेर योजना संझौता भएपछि उत्पन्न समस्याको विषयमा वडा समितिको धारणा स्पष्ट गर्न विज्ञप्ति जारी गरिएको उल्लेख छ ।

विज्ञप्तिमा, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि तथा नियमावली २०७५ को नियमावली २ बमोजिम योजनाको उपभोक्ता समिति गठन प्रक्रिया प्रचलित कानुन बमोजिम हुने स्पष्ट व्यवस्था र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ ले समेत वडा अन्तरगतको योजना उपभोक्ता समिति गठनको जिम्मेवारी वडा समितिलाई दिइएको कानुनी व्यवस्थालाई मिचेर, नगरपालिकाको नगर प्रमुखको तोक आदेशमा आफू अनुकुलको उपभोक्ता समितिलाई योजना संझौता गराई पहिलो किस्ता पेश्कि दिइनु विद्यमान ऐन कानुनलाई मिचेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा, शिव मन्दिर निर्माणका लागि बैशाख १२ गते उपभोक्ता समिति गठन गर्ने वडा समितिको निर्णय भएको तर त्यस अघि नै भिन्नै समितिलाई नगरपालिकाको नेतृत्वबाट योजना संझौता गरिनु तथा वडा समितिको सिफरिस विना पेश्कि बजेट समेत दिनु कानुनको उल्लंघन भएको उल्लेख छ ।

वडा समितिको सिफरिस आवश्यक पर्ने स्थानमा नगरपालिकाको नेतृत्वबाटै पदीय दम्भ प्रदर्शन गरेको भन्दै विज्ञप्ति मार्फत कानुनी प्रावधान मिचेर गरिएको उक्त संझौता रद्द गर्न माग गरिएको छ । साथै नगरपालिकाको नेतृत्वबाट कानुनी व्यवस्था र वडा समितिको क्षेत्राधिकार मिचेर गरिएको गरिएको अवैधानिक कार्यको सबै वडावासी, राजनैतिक दल बौद्धिक वर्ग नागरिक समाज तथा सञ्चार जगत लगाएतको ध्यानाकर्षणका लागि अपिल गरिएको छ ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगतको १० लाख वजेटले वडा नं. ७ मा शिव मन्दिर निर्माण गरिने योजना बनेको थियो । उपभोक्ता समिति विवाद पश्चात वडासँग समन्वय गरेरमात्र कार्य सञ्चालन गर्न पत्राचार गरेको प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले बताए । विवाद सिर्जना नहुनु थियो भयो, विवाद आएपछि त्यसको समन्वय गरेर योजना अघि बढाउन आवश्यक रहेको महसूस गरी आफूले समन्वयकारी भूमिकाका लागि पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए ।

उता यस विषयमा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले, स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत, आएको वजेटले त्यस स्थानमा उपभोक्ता समिति गठन भएर आएपछि वडा अध्यक्षलाई जानाकारी गराएको तथा त्यो समितिलाई वडाले सिफारिस नदिएपछि नियमसँगत ढंगले नगर प्रमुखको क्षेत्राधिकार भित्र रही तोक आदेशमा योजना अघि बढाउने प्रयत्न गरेको बताए । नगरका सबै योजनाहरु सम्पन्न हुनु पर्दछ, पारदर्शी ढंगले काम भए नभएको वडा अध्यक्षलाई हेर्न अनुगमन गर्ने अधिकार छ तर योजना रोक्न नमिल्ने भन्दै विकास योजना सम्पन्न गर्ने दायित्वमा वडा अध्यक्षहरु सक्रिय ढंगले लाग्न समेत नगरप्रमुख नेपालीको आग्रह थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply