Sorry, that menu does not exist.
 

तमानमा आदिवासी/जनजाती बिद्यार्थीहरुलाई २ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण !

बसन्त घर्ती मगर, तमान २०७६ वैशाख २५ । तमानखोला गाउँपालिका स्तरिय आदिवासी जनजाती सन्जालको सम्योजन र तमानखोला गाउँपालिकाको आर्थिक सहयोगमा तमानखोला गाउँपालिका वडा नं ३ र ४ का ६८ जना विपन्न तथा गरिब आदिवासी/जनजाती बिद्यार्थीहरुलाई कपि, कलम र सिसाकलम वितरण गरिएको छ ।

तमानखोला गाउँपालिका वडा नं ३, तमानमा रहेको श्री धन गौ ज्योती मा. वि, तमानका ४० जना, श्री किरी प्रा.वि. किरी(तमान) का ८ जना र वडा नं ४, लाम्मेलामा रहेको श्री सरस्वती आधारभुत विद्यालयका २० जना विर्द्याथीहरुलाई कपि, कलम र सिसाकलम बितरण गरिएको हाे ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को बजेत बाट आदिवासी/जनजातीहरुका लागि छुट्टयाइएको रकम मध्येको २ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री खरिद गरि तमानखोला गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत आदिवासी/जनजाती विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।

तमानखोला गाउँपालिका स्तरिय आदिवासी/जनजाती सन्जालका अध्यक्ष चित्र बहादुर छ्न्त्याल, सचिव प्रकाश पुन मगर, कोषाध्यक्ष देउ कुमारी छन्त्याल, सदस्यहरु मनकुमारी बुदाथोकी मगर, ख प्रसाद छ्न्त्याल, योगेन्द्रमान छन्त्यालको उपस्थिति, तमानखोला गाउँपालिका वडा नं ३, तमानमा वडाअध्यक्ष गिर बहादुर घर्ती मगरको विशेष उपस्थिती र धन गौ ज्योती मा.वि. तमानका शिक्षकहरुको उपस्थितिमा अनौपचारिक रुपमा सो शैक्षिक सामग्री वितरण कार्यक्रम सु-सम्पन्न भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply