Sorry, that menu does not exist.
 

टुहुरा बालबालिका र गाेठ जलेका पीडितलाई कतार र जापानमा संकलित रकम हस्तान्तरण

खगेन्द्र विश्वकर्मा ताराखोला २०७६ बैशाख २७ । टुहुरा बालबालिका र गाेठ जलेका पीडितलाई बालसिह परियारले कतार र जापानमा संकलन गरेकाे हस्तान्तरण गरिएकाे छ । गत जेष्ठ र असार ११ गते ताराखाेला गाउपालिका ३ हिल बराहखाेलाकी मिना बगाले र गाेविन्द बगालेकाे १ महिनकाे अन्तरालमा मृत्यु भएपछि उनिहरुका १ छाेरी र २ छाेरालाई पठनपाठन र दैनिक जीवन संचालनकाे लागि सहयाेगार्थ गल्काेट मिलन केन्द्रका अध्यक्ष बालसिह परियारले कतारमा कार्यरत ताराखाेला बासिबाट ५२ हजार १ सय नेपाली रुपैयाँ सकल गरि बैशाख २७ गते ताराखाेला गाउपालिकाकाे कार्यलयबाट एक कार्यक्रम गरि बालबालिकालाई हस्तारण गरिएकाे हाे ।

त्यसै गरि गत फागुन ४ गते ताराखाेला ५ अर्फाे निवासी रामबहादुर दर्जिकाे गाेठमा अागलागी भएर ३ लाख ५० हजार बराबरकाे क्षति भएकाे थियोे । ती रामबहादुरलाई पनि कतारबाट बालसिह परियारले कतार कर्म गरिरहेका ताराखाेलाबासिबाट ६१ हजार २० रुपैयाँ र जापानबाट २० हजार गरि ८१ हजार २० रुपैयाँ रामबहादुरलाई ताराखाेला गाउपालिकाका अध्यक्ष प्रकाश घर्ती लगाएतले हस्तान्तरण गरिएकाे हाे ।

जापानबाट लिल शंकर, मनबहादुर विक, तारा विक, दिलबहादुर विक ,रामबहादुर विक, दिर्ग घर्ती, हेम नाउसाले २० हजार रुपैयाँ संकलन गरि पठाएको जापानबाट लिल शंकरले जानकारि गराएका थिए । रकम हस्तान्तरण ताराखाेला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीकाे अध्यक्षतामा उपाध्यक्ष दिलकुमारी राेका, ताराखाेला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा , नेकपा अध्यक्ष ताराखाेला गाउपालिकाका अध्यक्ष दिवश खत्री पदम रकम संकलन गल्काेट मिलन केन्द्रका अध्यक्ष बालसिह परियारकाे राेहवरमा हस्तान्तरण गरिएकाे थियाे । रकम सहस्तान्तरण कार्यक्रम संचालन नेपाल पत्रकार महासंग बाग्लुङका सदस्य खगेन्द्र विश्वकर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply