Sorry, that menu does not exist.
 

नवचेतनशील वालविकास केन्द्र सेराको नवनिर्मित भवन उद्घाटन !

बुर्तिवाङ २०७६ बैशाख २९ । नवचेतनशील वालविकास केन्द्र ढोरपाटन नगरपालिका २ सेराको नवनिर्मित भवनको आइतबार एक कार्यक्रमका विच वडा अध्यक्ष युवराज महतले उद्धघाटन गरेका छन् ।

स्थानीयको जनश्रमदान तथा ढोरपाटन नगरपालिकाको आर्थिक बर्ष २०७५÷७६ मा विनियोजीत १ लाख ३० हजार बजेट भवन निर्माण कार्य सम्पन्न भएपछी आज भवनको उदघाटन गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथी ढोरपाटन नगरपालिका वडा नं.२ का अध्यक्ष युवराज महतले उद्घाटन गर्दे आफु जनप्रतिनिधी भइसकेपछि हालसम्मकै कम रकममा नमुना भवन बनाएकोमा वालविकास केन्द्र व्यवस्थापन समिती र भवन निर्माण समितीलाई धन्यबाद ज्ञापन गर्दे शैक्षिक क्षेत्रको विकासमा समेत सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिए ।

विकास निर्माणमा जनसहभागिता भएमा मात्र सहि तवरले आफनो क्षेत्रको विकास हुने बताउँदै आफुले उक्त वालविकास केन्द्रको थप उन्नयनका निम्ती सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विगत तिनबर्ष देखि भाडामा कक्षा सञ्चालन गर्दे आएको वालविकास केन्द्रले आजदेखि आफनै भवनमा कक्षा सञ्चालन गरिएको वालविकास केन्द्र व्यवस्थापन समिती अध्यक्ष छविलाल पाण्डेले ईबागलुङलाई जानकारी दिए ।

कार्यक्रमका अर्का अतिथी समाजसेवी एवम् वालविकास केन्द्रका चन्दादाता तुल्सिराम अर्यालले बोल्दै समाजको महत्वपुर्ण मेरुदण्ड शिक्षा भएका कारण शैक्षिक क्षेत्रको विकासमा सबैको साथ र समन्वय भएमा मात्र विद्यालय, वालविकास केन्द्र अगाडी बढ्ने बताउँदै सबैले साथ दिन आग्रह गरे ।

नेपालमा घोकन्ते शिक्षा प्रणाली हावी भएका कारण विद्यालय र विद्यार्थीको गुणस्तर र सिकाइ उपलब्धिलाई थप प्रभावकारी तवरले अगाडी बढाउन आवश्यक रहेको अर्यालको भनाई थियो ।

त्यस्तै कार्यक्रममा जनजागृति आधारभुत विद्यालय कुत्थाप्लाका प्रअ शिवलाल सुवेदीले बोल्दै विद्यार्थीको सिकाइको पहिलो पाठशाला वालविकास केन्द्र भएका कारण त्यसको व्यवस्थापनमा व्यवस्थापन समिती, सहजकर्ता र अभिभाबकको त्रिकोणात्मक भुमिका हुनुपर्ने बताउँदै वालवालीकाको सिकाइ उपलब्धि बृद्धि गर्न वालविकास केन्द्रले खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा समाजसेवी जितबहादुर कुवँर, वालविकास केन्द्र निर्माण समिती अध्यक्ष अमरबहादुर क्षेत्रीको मन्तव्य रहेको थियो । त्यस्तै वालविकास केन्द्र व्यवस्थापन समिती अध्यक्ष छविलाल पाण्डेद्धारा भवन निर्माणको क्रममा भएको आर्थिक आयव्याय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रम वालविकास केन्द्र व्यवस्थापन समिती सदस्य शिवलाल पाण्डेको स्वागत, सहजकर्ता सिखा रेश्मी बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply